उत्तर कोरियाली नेता किम जोङ उन बेइजिङमा, दुई दिन चाइना बस्ने उनसँग प्रधानमन्त्री ओलीको पनि भेट हुने



हाम्रो इकोनोमि

उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् ।

किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गत हप्ता सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताको विषयमा कुराकानी गर्ने बताइएको छ ।

यो वर्ष किमको तेस्रो चीन भ्रमण हो । चिनियाँ मिडियाका अनुसार उनी दुई दिन त्यहाँ बस्ने बताइएको छ ।

यसअघि किम फर्केपछि मात्र उनीबारे समाचार प्रकाशित गर्ने चीनले यसपटक भने उनी आउनासाथ समाचार प्रकाशन गरेको हो ।

आजै प्रधानमन्त्री केपी शर्मा ओली पनि चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । दुई दिन चाइना बस्ने उनसँग प्रधानमन्त्री ओलीको पनि भेट हुने बुझिएको छ ।

यता, अमेरिका र सिओलले दुई देशबीच हुने नियमित सैन्य प्रशिक्षणलाई स्थगित गर्ने निर्णय गरेका छन् ।

किमसँगको भेटका दौरान कोरियाली प्रायद्वीप परमाणुविहीन बनाउने विषयमा सहकार्य गर्न ट्रम्पले प्योङयाङ र बेइजिङले आपत्ति जनाउँदै आएको ‘युद्धको खेल’ बन्द गर्ने ग्यारेन्टी दिएका थिए ।

त्यसै अनुरुप दक्षिण कोरिया र पेन्टागनले अगस्तमा हुने भनिएको फ्रिडम गार्जियन मिलिटरी ड्रिल स्थगन गरेको हो ।

किमको पछिल्लो चीन भ्रमणलाई कुटनीतिक वृत्तमा निकै चाँसोका साथ हेरिएको छ । चीनले यसअघि नै वासिङटन र प्योङयाङबीच भएको सम्बन्ध सुधारलाई स्वागत गर्दै आफूहरुले यसमा सक्दो सहयोग गर्ने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...