१ सय १९ जनाको जम्बो टोली लिएर प्रधानमन्त्री ओली चीन प्रस्थान, को को छन टोलीमा



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीन प्रस्थान गरेका छन् ।

६ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् ।

व्यवसायी र पत्रकारसमेत गरी एक सय १९ सदस्यीय टोली ओलीसँगै चीन जाँदै छ ।

मंगलबार चिनियाँ समयअनुसार सवा ५ बजे प्रधानमन्त्री ओली बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । त्यहाँबाट हिल्टन ग्रुपको डबल ट्री होटेल पुग्नेछन्, जहाँ नेपाली राजदूत लीलामणि पौड्यालले रात्रिभोजसहित स्वागत समारोह आयोजना गर्दै छन् ।

चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुसम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली चिनियाँ विमानबाट ल्हासा हुँदै स्वदेश फर्कनेछन् ।

 को को छन टोलीमा

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा ११९ सदस्य छन् । टोलीमा पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव डा. राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा लगायत छन् ।

चीन  भ्रमणमा परेका अफिसियल मिडियाहरु
१.हरिशरण लामिछाने – रेडियो नेपाल
२.निराजन खनाल, पत्रकार, नेपाल टेलिभिजन
३.विष्णुभक्त महर्जन, क्यामेरामेन, नेपाल टेलिभिजन
४.हरि लामिछाने, पत्रकार, रासस
५.शुभशंकर क“डेल, महासचिव, नेपाल मिडिया
६.धु्रवप्रसाद अधिकारी, क्यामेरामेन

चीन  भ्रमणमा परेका मिडिया डेलिगेशनहरु
१.रामप्रसाद हुमागाईं, उपकार्यकारी सम्पादक, गोरखापत्र
२.सुधीर शर्मा, प्रधान सम्पादक, कान्तिपुर दैनिक
३. अखिलेश उपाध्याय, प्रधान सम्पादक, काठमाडौं पोष्ट
४.गुणराज लुईंटेल, प्रधान सम्पादक, नागरिक
५.सुवास घिमिरे, प्रधान सम्पादक, रिपब्लिका
६.राजाराम गौतम, सम्पादक, अन्नपूर्ण पोष्ट
७.ऋषि धमला, अध्यक्ष, रिपोटर्स क्लब नेपाल
८.शिव दाहाल, समाचार संयोजक, एभिन्यूज टीभी
९.रविन्द्र श्रेष्ठ, क्यामेरापर्सन, एभिन्यूज टीभी
१०.प्रमिला देवकोटा, वरिष्ठ पत्रकार, नयाँ पत्रिका दैनिक
११.प्रकाश रिमाल, सम्पादक, हिमालयन टाइम्स

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...