नेकपाको कार्यवाहक अध्यक्ष बने माधव नेपाल, कार्यवाहक प्रधानमन्त्रीको ईश्वर पोखरेल, संसदीय दलका नेतामा नेम्वाङ



हाम्रो इकोनोमि

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चीन भ्रमणमा निस्कनुअघि तीन नेतालाई फरक-फरक मोर्चाको कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् । अर्का अध्यक्ष प्रचण्ड पनि सिंगापुरमा रहेकाले ओली हिँड्दा तीन नेताले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

नेकपाका महासचिव विष्णु पौडेलका अनुसार नेकपाको कार्यवाहक अध्यक्ष बरिष्ठ नेता माधवकुमार नेपाल बनेका छन् । अर्का अध्यक्ष प्रचण्ड पनि नभएकाले पार्टीमा ओली र प्रचण्डपछि तेस्रो बरियतामा रहेका बरिष्ठ नेता नेपाललाई कार्यवाहक अध्यक्ष बनाइएको हो । प्रचण्ड पत्नी सीता दाहालको उपचारका सिलसिलामा सिंगापुरमा छन् ।

२०६४ सालको निर्वाचनमा पार्टीको पराजयपछि महासचिव पदबाट राजिनामा दिएका नेपालले त्यसपछि पार्टी प्रमुखको जिम्मेवारी सम्हालेको यो पहिलो हो । उनी १४ वर्ष नेकपा एमालेको नेतृत्व गरेपछि बरिष्ठ नेताको हैसियतमा थिए । यसबीचमा झलनाथ खनाल र केपी ओली अध्यक्ष भएका बेला कार्यवाहक जिम्मेवारी बामदेव गौतम र अशोक राईले पाउने गरेका थिए ।

ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा रहेका उपप्रधानमन्त्री पोखरेल यसअघि ओली भारत भ्रमणमा जाँदा पनि कार्यवाहक प्रधानमन्त्री थिए ।

महासचिव पौडेलका अनुसार नेकपा संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी उपनेता सुवास नेम्वाङलाई दिइएको छ । संयोग नै मान्नुपर्छ ओली हिँड्दा कार्यवाहक पाउने तीनैजना नेता तत्कालिन एमालेका परेका छन् ।

कार्यवाहक अध्यक्ष नेपालले दुवै अध्यक्ष नभएको बेला पार्टी सन्चालनको नेतृत्व गर्नेछन् भने कार्यवाहक प्रधानमन्त्रीले प्रधानमन्त्रीको अनुपस्थितमा सरकार सन्चालन गर्नेछन् । संसदीय दलका कार्यवाहक नेता नेम्वाङले संसदीय फाँटका गतिबिधिको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...