सुजाताले लिइन् देउवाकाे सताेपुत्लाे ‘नेतृत्व गर्ने क्षमता छैन भने किन बस्छाैँ पदमा’



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भैसकेको जिकिर गरेकी छन् ।

सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा नेतृ कोइरालाले सभापति देउवाकै कारण पार्टी कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिईन् । चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजिनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी बहन गर्नुपर्ने उनको तर्क रहेको छ ।

उनले भनिन्,“पद् छोड्नै पर्छ भन्ने छैन्, पराजयको जिम्मेवारी लिएर नेता कार्यकर्तामा उत्साह थप्नुपर्छ, गिरिजाले पार्टी हार्दा जिम्मेवारी लिएर उत्साह थप्नुहुन्थ्यो, अहिलेको नेतृत्वले त्यसो गर्न सकेन ।”

पछिल्लो समय कांग्रेसको संगठन केन्द्रदेखि गाउँसम्म ध्वस्त भएको भन्दै कोइरालाले सक्षम र राम्रा मान्छेलाईभन्दा आफ्ना मान्छेलाई काखी च्याप्ने गरेको पनि गुनासो पोखिन् ।

“गाउँ–गाउँमा सक्षम कार्यकर्ता छन्, सुतेर बसेकालाई जगाउन सक्ने हो भने कांग्रेस बलियो हुन्छ । फेरी जागेर आउँछ । जगाउन सक्ने नयाँ नेतृत्व चाहिन्छ।” कोइरालाले अघि भनिन्–“पार्टीको तल्लो तहसम्मका नेता कार्यकर्ताको भावना बुझ्न सक्ने नेतृत्व चाहिन्छ । माथि बसेर लाद्ने नेतृत्वले पार्टीलाई असफल बनाउँछ ।”

अब महासमितिको बैठक बसेर कांग्रेसको आगामी यात्रा तय गर्नुपर्नेमा उनले जोड दिएकी छिन् । महासमितिको बैठकको भावनाअनुसार नेतृत्व चल्न तयार हुनुपर्नेमा उनले सचेत गराइन् ।

अहिले संसदमा प्रतिपक्षीको भूमिका पनि कांग्रेसले प्रभावकारी रुपमा निभाउन नसकेको कोइरालाको जिकिर थियो ।

पार्टीभित्रका सबै समस्या समाधान गर्न सक्ने सक्षम नेतृत्व अबको आवश्यकता रहेको उनको भनाई छ । महासमितिको बैठकपछि महाधिवेशनको यात्रा तय गर्नुपर्ने भन्दै उनले जसले विपीको सिद्धान्त अंगाल्न सक्छ उसैलाई नेतृत्वमा ल्याउनुपर्ने बताईन् ।

कोइराला परिवारभित्रबाटै अबको नेतृत्व खोज्न लाग्नु भएको हो त पत्रकारको प्रश्नमा उनले जोसुकै भएपनि कांग्रेसलाई जगाउन सक्ने व्यक्ति हुनुपर्ने तर्क गरिन् ।

‘‘सधैँ कोइराला परिवार रहँदैन, कोइराला हूँदैमा सबै राम्रो हुन्छ भन्ने छैन, कोइरालाहरु भगवान पनि होइनन्, तर विपिको सिद्धान्त लागु गर्न सक्ने व्यक्ति चाहिन्छ।”–उनले भनिन् ।

पार्टीको नीति, सिद्धान्त र विचाभन्दा बाहिर जान खोज्नेलाई नेतृत्व दिन नहुने उनको तर्क थियो । सबै एकजुट भएर पार्टी सुधारतर्फ केन्द्रित हुन सके उपलब्धि हाँसिल हुनेमा आफू विश्वस्त रहेको नेतृ कोइरालाले बताईन् ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...