क्याविनेटमा रघुवीरले बादलमाथि औंला ठड्याएपछि के भने प्रधनमन्त्री ओलीले, यस्तो छ कहानी



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका क्याबिनेट मन्त्रीहरुबीच नै भनाभन भएको विषय अहिले चर्चामा छ ।

गृहमन्त्री रामबहादुर थापा बादल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच हालै बसेको मन्त्रिपरिषदको बैठकमा निकै ठूलो स्वरमा चर्काचर्की परेको थियो ।

काम नगर्ने ठेकेदारहरुलाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा दुई मन्त्रीहरुबीच भनाभन भएको हो । दुई मन्त्रीहरुबीच प्रधानमन्त्री ओलीकै सामू भनाभन भएको हो ।

ठेकेदारहरुलाई जेल हाल्नुपर्छ भन्नेमा गृहमन्त्री छन् । तर भौतिक मन्त्री महासेठले उक्त विषय आफ्नो मन्त्रालय अन्तर्गर्त पर्ने भन्दै बादलसँग कड्किएका थिए ।

स्रोतका अनुसार मन्त्री महासेठले बादललाई कडा रुपमा भनेका थिए,‘मैले चिठ्ठी लेखेर दिएँ भनेमात्रै जेल हाल्न पाउनुहुन्छ, होईन भने अनावश्यक हस्तक्षेप गर्ने काम नगर्नुहोस्।’

दुवै मन्त्री प्रधानमन्त्री ओलीको भोलिबाट हुने चीन भ्रमणको प्रतिनिधि मण्डलमा समेत छन् । मन्त्री महासेठ हिजो नै चीन प्रस्थान गरिसकेका छन् भने गृहमन्त्री बादल भोलि प्रधानमन्त्रीसँगै जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...