क्याविनेटमा रघुवीरले बादलमाथि औंला ठड्याएपछि के भने प्रधनमन्त्री ओलीले, यस्तो छ कहानी



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका क्याबिनेट मन्त्रीहरुबीच नै भनाभन भएको विषय अहिले चर्चामा छ ।

गृहमन्त्री रामबहादुर थापा बादल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच हालै बसेको मन्त्रिपरिषदको बैठकमा निकै ठूलो स्वरमा चर्काचर्की परेको थियो ।

काम नगर्ने ठेकेदारहरुलाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा दुई मन्त्रीहरुबीच भनाभन भएको हो । दुई मन्त्रीहरुबीच प्रधानमन्त्री ओलीकै सामू भनाभन भएको हो ।

ठेकेदारहरुलाई जेल हाल्नुपर्छ भन्नेमा गृहमन्त्री छन् । तर भौतिक मन्त्री महासेठले उक्त विषय आफ्नो मन्त्रालय अन्तर्गर्त पर्ने भन्दै बादलसँग कड्किएका थिए ।

स्रोतका अनुसार मन्त्री महासेठले बादललाई कडा रुपमा भनेका थिए,‘मैले चिठ्ठी लेखेर दिएँ भनेमात्रै जेल हाल्न पाउनुहुन्छ, होईन भने अनावश्यक हस्तक्षेप गर्ने काम नगर्नुहोस्।’

दुवै मन्त्री प्रधानमन्त्री ओलीको भोलिबाट हुने चीन भ्रमणको प्रतिनिधि मण्डलमा समेत छन् । मन्त्री महासेठ हिजो नै चीन प्रस्थान गरिसकेका छन् भने गृहमन्त्री बादल भोलि प्रधानमन्त्रीसँगै जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...