के कारण मधेसमै बहिष्कारमा परे मुख्यमन्त्री राउत, मन्त्रिपरिषदमा खैलाबैला, आब के हुन्छ मुख्यमन्त्रीको हालत



हाम्रो इकोनोमि

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत आफ्नै प्रदेशभित्र बहिष्कारमा परेका छन् । केन्द्रले सरकारले हेपेको गुनासो गर्दै आएका राउतले गरेको प्रदेशस्तरीय निर्णयलाई सरकारी कर्मचारीदेखि मधेसी जनताले नै अस्वीकार गरेका हुन् । सन्दर्भ हो इदको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिनु।

केन्द्र सरकारले कटौती गरेपनि मुख्यमन्त्री मुस्लिम समुदायको भएकाले प्रदेशमा विदाको निर्णय भएको थियो। तर, मुस्लिमको संख्या न्यून रहेको तराईमा विदाको निर्णय सरकारी कार्यालयबाटै उल्लंघन भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा खैलाबैला भयो।

मुस्लिम धर्माबलम्बीको मुख्य पर्व इदको अवसर पारेर आइतबार प्रदेश २ मा सार्वजनिक विदा दिए पनि कतिपय सरकारी कार्यालय नै खुले। सिरहा, सप्तरी, सर्लाही लगायत जिल्लास्थित सदरमुकाममा रहेका अदालत, सरकारी वकिलको कार्यालय खुल्ला रहे। राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड पनि खुलै थिए। यसबाहेक निजी क्षेत्रका बैंकहरु समेत सञ्चालन भए।

मुस्लिम धर्माबलम्बीको ठूलो पर्व इदका लागि भन्दै प्रदेश सरकारले आइतबार विदा दिने निर्णय गरेको थियो । विदा दिने निर्णय गरे पनि सरकारी कार्यालयहरु नै खुल्नु सरकारी निर्णयको अवमूल्यन भएको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले बताए ।

उनले केही सरकारी कार्यालयले अहिले पनि प्रदेशको निर्णय नमानेर संघीयता स्वीकार गर्न नचाहेको बताए । मन्त्री साहले सम्पूर्ण कार्यालय र संघसंस्थालाई आफ्नो नियन्त्रणमा ल्याउन प्रदेश सरकारले बाध्यकारी नियम बनाएर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...