साँठगाँठ र सेटिंगमा एक अर्बको कागज खरिदमा ३० करोड खाने यस्तो छ महाप्रबन्धक महेश तिमिल्सिना दाउ



हाम्रो इकोनोमि

जनक शिक्षा सामाग्री केन्द्रले अाज असार ४ गते  साँठगाँठ र सेटिंगका आधारमा  अर्ब रुपैंयाँको   कागज खरिद गर्दैछ भन्ने खबर छ । २ करोडको खरिदको  टेण्डरको म्याद  ३०  दिने  तर अर्ब रुपैंयाँको कागज खरिद गर्न ग्लोबल टेण्डर गर्नुपर्नेमा जम्मा सात दिनको म्याद दिएर महाप्रबन्धक महेश तिमिल्सिनाले  खरिद निर्णय गर्दैछन् भन्ने खबर कर्मचारी स्रोतले बताएको छ।

तात्कालीन शिक्षा मन्त्री डीआर पौडेलद्वारा नियुक्त  महाप्रबन्धक महेश तिमिल्सिनाले यो आर्थिक वर्षको अन्तिममा हतार हतारमा अर्ब रुपैयाँको कागज खरिद गरेर रातारात करोडपति हुने मेसो मिलाएको  आरोप कर्मचारीहरुले लगाएका छन्।

अर्बको  सामान खरिदमा जम्मा सात दिनको समय दिएर अाज टेन्डर बुझाउने दिन ५०/५० लाखको छयाकन  बुझाएर मिलेमतो र सेटिङ टेन्डर गर्दैछन् भन्ने खबर प्राप्त भएको छ।

यत्रो अर्ब रुपैंयाँको टेन्डरमा शिक्षा मन्त्री गिरिजामणि पोखरेलको पनि सहमति भएर हतारमा सात दिने टेन्डर गरिएको हो कि ? भन्ने आशंका  कर्मचारीहरुले गरेका छन्। कागज खरिदको सात दिने सूचना २०७५ जेठ २८ गते गोर्खा पत्रमा प्रकशित गरिएको थियो।

अर्ब रुपैंयाको खरिद ग्लोबल टेण्डर गर्नुपर्नेमा जम्मा सात दिनको म्याद दिएर पूरा सेटिङमा गरिएको आशंका हामीलाई छ,  ” अहिले जनक शिक्षा आउनुस् सबै छर्लङ्ग हुन्छ” भनेर नाम नबताउने सर्तमा जनक शिक्षाका कर्मचारीहरुले २०७५ असार ४ गते दिनको १२ बजे फोन गरेका छन्। साँघु अनलाईबाट

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...