राष्ट्रियसभा सांसदको कार्यकाल : गोलाप्रथामा कसलाई के पर्यो



हाम्रो इकोनोमि

गोलाप्रथाबाट राष्ट्रिय सभा सदस्यको कार्यकाल टुङ्गो लगाउन गोला तान्ने क्रम जारी छ । अहिलेसम्म अधिकांश सदस्यहरुले गोला तानिसकेका छन् । अर्थमन्त्री युवराज खतिवडा लगायतकेही सांसद गोला तान्न संसद भवन पुगिसेका छैनन् ।
–गोला तान्दा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कार्यकाल ६ बर्ष परेको छ ।

–राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाको कार्यकाल ६ वर्ष कायम हुने भएको छ ।
–तिमल्सिना  प्रदेश ४ बाट राष्ट्रियसभा सदस्य चयन भएका थिए ।
–यसैगरी राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल  ४ वर्ष कायम भएको छ  भने दीनानाथ शर्माको कार्यकाल पनि ४ वर्ष कायम भएको छ ।
राष्ट्रियसभा सदस्य कोमल वलीको कार्यकाल चार वर्ष हुने भएको छ ।

-गोला प्रथाबाट उनको कार्यकाल टुंगो लागेको हो ।

-प्रदेश ५ की वली नेकपाबाट राष्ट्रियसभा सदस्य छिन् ।

-यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल दुई वर्ष एको छ ।

-प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एकतिहाइ सांसदको कार्यकाल सकिने संवैधानिक व्यवस्था छ ।

-राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने भएपछि नयाँ संविधान पछिको पहिलो सदन भएकाले यसका एक तिहाई सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था छ ।

-त्यहीँ अनुसार १९ सांसदको दुई वर्ष कार्यकाल हुनेछ । अरु २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल हुने गरी गोलाप्रथा गर्न थालिएको छ ।

-सचिवालयले आइतबार पत्रकार सम्मेलनमार्फत गोलाप्रथाको विधिबारे जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...