राष्ट्रियसभा सांसदको कार्यकाल : गोलाप्रथामा कसलाई के पर्यो



हाम्रो इकोनोमि

गोलाप्रथाबाट राष्ट्रिय सभा सदस्यको कार्यकाल टुङ्गो लगाउन गोला तान्ने क्रम जारी छ । अहिलेसम्म अधिकांश सदस्यहरुले गोला तानिसकेका छन् । अर्थमन्त्री युवराज खतिवडा लगायतकेही सांसद गोला तान्न संसद भवन पुगिसेका छैनन् ।
–गोला तान्दा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कार्यकाल ६ बर्ष परेको छ ।

–राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाको कार्यकाल ६ वर्ष कायम हुने भएको छ ।
–तिमल्सिना  प्रदेश ४ बाट राष्ट्रियसभा सदस्य चयन भएका थिए ।
–यसैगरी राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल  ४ वर्ष कायम भएको छ  भने दीनानाथ शर्माको कार्यकाल पनि ४ वर्ष कायम भएको छ ।
राष्ट्रियसभा सदस्य कोमल वलीको कार्यकाल चार वर्ष हुने भएको छ ।

-गोला प्रथाबाट उनको कार्यकाल टुंगो लागेको हो ।

-प्रदेश ५ की वली नेकपाबाट राष्ट्रियसभा सदस्य छिन् ।

-यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल दुई वर्ष एको छ ।

-प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एकतिहाइ सांसदको कार्यकाल सकिने संवैधानिक व्यवस्था छ ।

-राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने भएपछि नयाँ संविधान पछिको पहिलो सदन भएकाले यसका एक तिहाई सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था छ ।

-त्यहीँ अनुसार १९ सांसदको दुई वर्ष कार्यकाल हुनेछ । अरु २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल हुने गरी गोलाप्रथा गर्न थालिएको छ ।

-सचिवालयले आइतबार पत्रकार सम्मेलनमार्फत गोलाप्रथाको विधिबारे जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्वमाओवादी नेतालाई लोकप्रिय मत

    नेकपा एमालेको जारी मतगणनामा पूर्वमाओवादी नेताहरूले लोकप्रिय मत पाएका छन्। माओवादीबाट...

सचिवमा सबैभन्दा अघि महेश बस्नेत

    नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत भएको चुनावको मतगणना जारी छ । जारी...

एमाले ११ औँ महाधिवेशन निर्वाचनको मतगणना शुरु

    नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदानपछि मतगणना शुरु हुँदैछ...

अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...