जिल्ला सभापतिहरूको भेलामा देउवाविरोधी मोर्चाले हान्दै सिटौला लागे रामचन्द्र पौडेल पक्षमा, यसरी गल्दैछन देउवा



हाम्रो इकोनोमि

सभापतिमा शेरबहादुर देउवालाई जिताउन सहयोग गरेका सिटौला पछिल्लो समय देउवाविरुद्धको मोर्चामा सक्रिय भएका छन्। रामचन्द्र पौडेल पक्षसँग हिमचिम बाक्लिँदै गएको छ।

हालै ट्रेड युनियन कांग्रेसको अधिवेशनमा देउवाविरोधी खेमाले ‘क्लिन स्विप’ गर्‍यो। संस्थापन पक्षको पराजयको सूत्र सिटौला नै थिए।

उनकै पहलमा पुष्कर आचार्यको समूहले शानदार जित हासिल गरेको छ । यो परिणामले कांग्रेसभित्रको समीकरणलाई तरंगित गरिदिएको छ। शालिन व्यक्तित्व, सरल स्वभाव र खरो रणनीतिका कारण सिटौलाले कांग्रेसको आन्तरिक शक्ति संरचनामा एकपछि अर्को गोल गर्दैछन्।

बाहिर पौडेल पक्षले जितेको खबर संप्रेषित भए पनि यसमा सबैभन्दा खुशी सिटौला छन्। किनभने पुष्कर स्वयम् सिटौलाका क्रियाशील सहयोगी हुन्।

सिटौलासँगको सहकार्यकै कारण यसअघि कर्मचारी युनियन, शिक्षक संघ, इन्जिनियर एसोसिएसनमा समेत देउवाविरुद्धको मोर्चा पराजित भएको छ।

महत्वपूर्ण भातृ संस्थाहरूमा भोग्‍नु परिरहेको निरन्तरको पराजयले यतिबेला देउवा पक्षलाई ठूलै झट्का दिएको छ। देउवा पक्ष विस्तारै कमजोर भएको महशुस कांग्रेस वृत्तमा हुन थालेको छ।

४-५ असारमा हेटौंडामा हुन लागेको जिल्ला सभापतिहरूको भेला पनि संस्थापन पक्षका लागि त्यति सहज नहुने सन्देश ट्रेड युनियन कांग्रेसको चुनावी नतिजाले दिएको छ। त्यहाँ चर्को आलोचना र आक्रोश पोखिनेछ । त्यसबाट पनि देउवाविरोधी मोर्चाले थप मलजल हासिल गर्नेछ।

भदौमा बोलाउन तयारी भइरहेको महासमितिको बैठकसम्ममा असन्तुष्ट पक्षको आकार र प्रभाव अझ बढ्ने संकेतहरू देखिएका छन्।

देउवाविरुद्धको मिसनमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, रामशरण महत, शेखर कोइराला, अर्जुननरसिंह केसी, केबी गुरुङ एक ठाउँमा उभिएका छन्। यो मिसनमा स्ट्राइकरको रूपमा मुभ गर्दैछन्, सिटौला ।

प्रतिक्रिया दिनुहोस
दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...

पूर्वमाओवादी नेतालाई लोकप्रिय मत

    नेकपा एमालेको जारी मतगणनामा पूर्वमाओवादी नेताहरूले लोकप्रिय मत पाएका छन्। माओवादीबाट...

सचिवमा सबैभन्दा अघि महेश बस्नेत

    नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत भएको चुनावको मतगणना जारी छ । जारी...

एमाले ११ औँ महाधिवेशन निर्वाचनको मतगणना शुरु

    नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदानपछि मतगणना शुरु हुँदैछ...