यस्तो छ आजको मन्त्रिपरिषद् बैठकको महत्वपूर्ण निर्णय, हेर्नुहोस निर्णय सहित



हाम्रो इकोनोमि

सिंहदरवारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य पाँच निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले अनुसार सरकारले आजको बैठकमा पाँच वटा निर्णय गरेका हुन् ।

सरकारले खानेपानी संस्थानको १९ सदस्यीय बोर्डलाई घटाएर ९ र्पुयाउने निर्णय गरेको छ ।

यस्तै बैठकले लेखा परीक्षण विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ । भने उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगा र वीरगञ्जको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले सूचना प्रविधि तथा सार्वजनिक प्रसारण सेवा सम्बन्धी नयाँ विधेयक तर्जुमा गर्न सहमति दिनुका साथै शिक्षा विज्ञान प्रविधि मन्त्रालय, वाणिज्य मन्त्रालय, राजस्व अनुसन्धान विभागहरुको सांगठन संरचना स्वीकृत गर्ने निर्णय पनि भएको सञ्चारमन्त्री बास्कोटाले जानकारी दिए ।

नेपाल र चीनको परराष्ट्र मन्त्रालयबीच नेपालमा चिनियाँ सहयोगका कार्यक्रम र परियोजनाहरुको कार्यान्वयनमा सहजीकरण गर्नका लागि संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीपत्रको मस्यौदा स्वीकृत गर्ने तथा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै, लेखा परीक्षण विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय आजको बैठकले गरेको मन्त्री बाँस्कोटाले जानकी दिए ।

नेपालको परराष्ट्र मन्त्रालय र चीनको परराष्ट्र मन्त्रालयका बीच नेपालमा चिनियाँ सहयोगका कार्यक्रम र परियोजनाहरुको कार्यान्वयनमा सहजीकरण गर्नका लागि संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीपत्रको मस्यौदा स्वीकृत गर्ने तथा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने लेखा परीक्षण विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...