नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेटप्रति यस्तो दिए दनक, यो बजेट जाडो महिनामा चिसोपानी खन्याए जस्तो भो



बजेटलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु नै असन्तुष्ट देखिएका छन् ।

मन्त्रालयगत बजेट विनियोजनप्रति सांसदहरुले विरोध गरिरहेका बेला स्थायी कमिटीमा पनि असन्तुष्टि पोखिएको हो । शनिबार बसेको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत बजेटप्रति असन्तुष्टि जनाएको स्रोतले बताएको छ ।

त्यसअघि संसदीय दलको बैठकमा केपी शर्मा ओलीसँगै प्रचण्डले बजेटको बचाउ गर्न निर्देशन दिएका थिए । तर, लगत्तै बसेको स्थायी कमिटीमा उनले विरोध गरे ।

बजेटले पार्टी एकताले पैदा गरेको उत्साह र नीति तथा कार्यक्रमसम्म आइपुग्दा रहेको सकारात्मकताको प्रतिनिधित्व गर्न नै नसकेको उनको टिप्पणी छ । ‘चिसो पानी खन्याए जस्तो भयो’ उनको भनाइ उधृत गर्दै एक नेताले भने ।

‘पोलिटिक्स इन कमाण्ड’ नहुँदा कसरी बिगि्रदोरहेछ भन्ने प्रमाण बजेट भएको उनले बताए । ‘पोलिटक्स इन कमाण्ड’मा एक्पर्टिज अर्थात विज्ञता चाहिने उनको तर्क थियो ।

पार्टीका नेताहरुलाईर् पाखा लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई बनाएका थिए । बजेट बनाउने क्रममा अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री ओलीसँगै पार्टी अध्यक्ष प्रचण्डसँग पनि छलफल गरेका थिए ।

तीन जनाबीच छलफल भएको तर त्यसअनुसार बजेट नआएको उनले बताए । सम्भव भएसम्म बजेटलाई सही दिशामा लैजान छलफल गर्नुपर्ने प्रचण्डले बताएका छन् ।

सत्तारुढ सांसदहरुले विपक्षीको भन्दा चर्को स्वरमा मन्त्रालयगत बजेट विनियोजनको आलोचना गरेका छन् । उनीहरुलाई सम्झाउन नेकपाले शनिबार संसदीय दलको बैठक डाकेको थियो । तर, सांसदहरु झन् चर्को स्वरमा प्रस्तुत हुन थालेपछि समय अभाव भन्दै शीर्ष नेताहरु बैठक नै स्थगित गरेर हिँडेका छन् ।

स्थायी कमिटी बैठकमा पनि मन्त्रीहरुको कामकारवाहीप्रति असन्तुष्टि प्रकट भएको छ । संसदीय दललगत्तै बसेको स्थायी कमिटी बैठकमा पनि सरकारको काम कारवाहीबारे प्रश्न उठेपछि थप प्रभावकारी बनाउने निर्णय गरेर बैठक टुंगियो ।

दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा बजेटको विरोध नगर्न निर्देशन दिएका छन् । उनले जायज कुराको सुनुवाई होस् भन्ने चाहेको हो भने संसदमा बोल्नुनपर्ने बताए । उनले दुई चारजनाले आक्रोश व्यक्त गर्दैमा केही नहुने भन्दै अनुशासन र नियममा बस्न निर्देशन दिए ।

तर, नेता भीम रावलले आपत्ति जनाए । उनले भने ‘प्रधानमन्त्री पहिले अनुशासनमा बस्नुपर्छ । नियम सांसदलाई मात्र होइन तपाईलाई पनि लागू हुनुपर्‍यो ।’

नेताहरुका अनुसार रावलले असन्तुष्ट सांसदहरुको नेतृत्व गर्न खोजेको जस्तो देखिए पनि नेकपामा बजेट र मन्त्रीहरुको कार्यशैलीप्रति आक्रोश चुलिँदै गएको छ । बजेटले घोषणापत्र र लोकप्रिय कार्यक्रम बिर्सिएको तथा मन्त्रीहरुले मन्त्रालयगत बजेट विनियोजन गर्दा आफ्नो निर्वाचन क्षेत्र र त्यसमाथि आफ्नो टोलमा केन्दि्रत भएको आरोप सांसदहरुले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्