नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेटप्रति यस्तो दिए दनक, यो बजेट जाडो महिनामा चिसोपानी खन्याए जस्तो भो



हाम्रो इकोनोमि

बजेटलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु नै असन्तुष्ट देखिएका छन् ।

मन्त्रालयगत बजेट विनियोजनप्रति सांसदहरुले विरोध गरिरहेका बेला स्थायी कमिटीमा पनि असन्तुष्टि पोखिएको हो । शनिबार बसेको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत बजेटप्रति असन्तुष्टि जनाएको स्रोतले बताएको छ ।

त्यसअघि संसदीय दलको बैठकमा केपी शर्मा ओलीसँगै प्रचण्डले बजेटको बचाउ गर्न निर्देशन दिएका थिए । तर, लगत्तै बसेको स्थायी कमिटीमा उनले विरोध गरे ।

बजेटले पार्टी एकताले पैदा गरेको उत्साह र नीति तथा कार्यक्रमसम्म आइपुग्दा रहेको सकारात्मकताको प्रतिनिधित्व गर्न नै नसकेको उनको टिप्पणी छ । ‘चिसो पानी खन्याए जस्तो भयो’ उनको भनाइ उधृत गर्दै एक नेताले भने ।

‘पोलिटिक्स इन कमाण्ड’ नहुँदा कसरी बिगि्रदोरहेछ भन्ने प्रमाण बजेट भएको उनले बताए । ‘पोलिटक्स इन कमाण्ड’मा एक्पर्टिज अर्थात विज्ञता चाहिने उनको तर्क थियो ।

पार्टीका नेताहरुलाईर् पाखा लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई बनाएका थिए । बजेट बनाउने क्रममा अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री ओलीसँगै पार्टी अध्यक्ष प्रचण्डसँग पनि छलफल गरेका थिए ।

तीन जनाबीच छलफल भएको तर त्यसअनुसार बजेट नआएको उनले बताए । सम्भव भएसम्म बजेटलाई सही दिशामा लैजान छलफल गर्नुपर्ने प्रचण्डले बताएका छन् ।

सत्तारुढ सांसदहरुले विपक्षीको भन्दा चर्को स्वरमा मन्त्रालयगत बजेट विनियोजनको आलोचना गरेका छन् । उनीहरुलाई सम्झाउन नेकपाले शनिबार संसदीय दलको बैठक डाकेको थियो । तर, सांसदहरु झन् चर्को स्वरमा प्रस्तुत हुन थालेपछि समय अभाव भन्दै शीर्ष नेताहरु बैठक नै स्थगित गरेर हिँडेका छन् ।

स्थायी कमिटी बैठकमा पनि मन्त्रीहरुको कामकारवाहीप्रति असन्तुष्टि प्रकट भएको छ । संसदीय दललगत्तै बसेको स्थायी कमिटी बैठकमा पनि सरकारको काम कारवाहीबारे प्रश्न उठेपछि थप प्रभावकारी बनाउने निर्णय गरेर बैठक टुंगियो ।

दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा बजेटको विरोध नगर्न निर्देशन दिएका छन् । उनले जायज कुराको सुनुवाई होस् भन्ने चाहेको हो भने संसदमा बोल्नुनपर्ने बताए । उनले दुई चारजनाले आक्रोश व्यक्त गर्दैमा केही नहुने भन्दै अनुशासन र नियममा बस्न निर्देशन दिए ।

तर, नेता भीम रावलले आपत्ति जनाए । उनले भने ‘प्रधानमन्त्री पहिले अनुशासनमा बस्नुपर्छ । नियम सांसदलाई मात्र होइन तपाईलाई पनि लागू हुनुपर्‍यो ।’

नेताहरुका अनुसार रावलले असन्तुष्ट सांसदहरुको नेतृत्व गर्न खोजेको जस्तो देखिए पनि नेकपामा बजेट र मन्त्रीहरुको कार्यशैलीप्रति आक्रोश चुलिँदै गएको छ । बजेटले घोषणापत्र र लोकप्रिय कार्यक्रम बिर्सिएको तथा मन्त्रीहरुले मन्त्रालयगत बजेट विनियोजन गर्दा आफ्नो निर्वाचन क्षेत्र र त्यसमाथि आफ्नो टोलमा केन्दि्रत भएको आरोप सांसदहरुले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...