नेकपाका सांसद दुर्गा बहादुर रातवले सरकार नीति, विधि र थिति अनुसार नचलेको भन्दै गम्भीर आरोप लगाए, अर्काको भारी बोक्दिन, बजेट सरकारलाई नै फिर्ता



हाम्रो इकोनोमि

प्रतिनिधिसभाको आईतबारको बैठकमा विभिन्न मन्त्रालयमा विनियोजित बजेटमाथिको छलफलमा सहभागी नेकपाका सांसद दुर्गा बहादुर रातवले सरकार नीति, विधि र थिति अनुसार नचलेको भन्दै गम्भीर आपत्ती जनाए ।

कालिकोटका सांसद रावतले कर्णालीबासीलाई सरकारले उपेक्षा गरेको आरोप पनि लगाए ।

उनले भने “सर्वत्र सरकारको विरोध छ । यो सरकार कसको हो ? हाम्रो पार्टीका नेताहरुले किन समर्थन गरेका हुन् ? किन च्यापिरहेका छन् अहिलेसम्म काखमा ?”

कम्युनिष्टको पार्टीको सिद्धान्त अनुसार सरकार चल्न नसकेको भन्दै उनले भने “कम्युनिष्ट पार्टीको निर्देशनमा सरकार नचलेको हो भने ? हाम्रा नेताहरुले किन च्यापिरहेको ?

आफु कसैको भरिया नभएको भन्दै उनले भने“म कसैको भरिया होइन । तपार्इंहरुका जिल्लामा योजना । मैले त्यो किताव बोक्ने होइन ।”

विहिबारको बैठकमा सत्तारुढ दलकै सांसदले आफ्ना क्षेत्र र जिल्लामा मात्रै योजना र बजेट पारेको भन्दै सरकारमा सामेल मन्त्रीहरुको चर्को आलोचना गरेपछि शनिबार संसदीय दलको बैठक बोलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्रीले जथाभावी अभिव्यक्ति नदिन सांसदहरुलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...