नेकपाका सांसद दुर्गा बहादुर रातवले सरकार नीति, विधि र थिति अनुसार नचलेको भन्दै गम्भीर आरोप लगाए, अर्काको भारी बोक्दिन, बजेट सरकारलाई नै फिर्ता



हाम्रो इकोनोमि

प्रतिनिधिसभाको आईतबारको बैठकमा विभिन्न मन्त्रालयमा विनियोजित बजेटमाथिको छलफलमा सहभागी नेकपाका सांसद दुर्गा बहादुर रातवले सरकार नीति, विधि र थिति अनुसार नचलेको भन्दै गम्भीर आपत्ती जनाए ।

कालिकोटका सांसद रावतले कर्णालीबासीलाई सरकारले उपेक्षा गरेको आरोप पनि लगाए ।

उनले भने “सर्वत्र सरकारको विरोध छ । यो सरकार कसको हो ? हाम्रो पार्टीका नेताहरुले किन समर्थन गरेका हुन् ? किन च्यापिरहेका छन् अहिलेसम्म काखमा ?”

कम्युनिष्टको पार्टीको सिद्धान्त अनुसार सरकार चल्न नसकेको भन्दै उनले भने “कम्युनिष्ट पार्टीको निर्देशनमा सरकार नचलेको हो भने ? हाम्रा नेताहरुले किन च्यापिरहेको ?

आफु कसैको भरिया नभएको भन्दै उनले भने“म कसैको भरिया होइन । तपार्इंहरुका जिल्लामा योजना । मैले त्यो किताव बोक्ने होइन ।”

विहिबारको बैठकमा सत्तारुढ दलकै सांसदले आफ्ना क्षेत्र र जिल्लामा मात्रै योजना र बजेट पारेको भन्दै सरकारमा सामेल मन्त्रीहरुको चर्को आलोचना गरेपछि शनिबार संसदीय दलको बैठक बोलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्रीले जथाभावी अभिव्यक्ति नदिन सांसदहरुलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...