प्रधानमन्त्री चीनबाट फर्कनासाथ संविधान संशोधन, राजपा सत्तामा जान तम्तयार



हाम्रो इकोनोमि

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली चीन भ्रमणबाट फर्कनासाथ संविधान संशोधन प्रक्रिया अघि बढ्ने समाचार अन्नपूर्णमा छ ।

नेकपासँग संविधान संशोधन यथाशीघ्र गर्नेसर्तसहित सत्तामा सहभागी संघीय फोरम, सत्तामा जान तम्तयार राजपा र सरकारमा कांग्रेसबाहेकका शक्तिको प्रतिनिधित्व गराउने ओलीको रणनीतिले संशोधन अघि बढ्न लागेको अन्नपूर्णको विश्लेषण छ ।

नेकपाका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डसमेत मधेसवादी दलप्रति लचकदार छन् । संघीय फोरमका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री चीनबिाट फर्कनासाथ संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताए ।

सवारी दुर्घटनामा दैनिक जान्छ ५ जनाको ज्यान

मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ५ जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ ।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५–७५ वैशाख मसान्तसम्म २ हजार ९७ जनाको दुर्घटनामा मृत्यु भएको छ । ९ हजार ५० वटा दुर्घटनामध्े ६ हजार ९ सय ९२ वटा चालकको लापरबाहीले भएको प्रहरी तथ्यांकमा छ ।

कान्तिपुरका अनुसार अघिल्लो वर्षभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या एक प्रतिशतले घटेको छ ।

कृषकले पोखे सडकमा दूध

उत्पादित दूधको बिक्री नहुँदा बिर्तामोडका कृषकले सडकमा दूध पोखेका छन् । दैनिक उत्पादित दूध जिल्लास्थित एनएमसी डेरीले खरिद गरी लैजाने गरेकोमा हाल दूध उत्पादन बढी भएको भन्दै खरिद नगरेपछि कृषकले उत्पादित दूध सडकमा पोखेर विरोध जनाएको गोरखापत्र दैनिकमा खबर छ ।

चार वर्षदेखि नेपाल बहुउद्देश्यीय सहकारी लिमिटेड मेचीनगरबाट सञ्चालित एमएनसी डेरीले ऋण दिएर गाई पालना गर्न लगाएको तर अहिले दूध खरिद नगरिदिएको भन्दै आफूहरुले सडकमा दूध पोखेको स्थानीय चन्द्रप्रसाद खरेलले बताए ।

 बलात्कार आरोपी छाड्न माग गर्दै प्रदर्शन

बलात्कारको आरोपमा पक्राउ परेका एक युवकलाई छुटाउन माग गर्दै दाङको गढवामा स्थानीयले प्रदर्शन गरेका छन् ।

इलाका प्रहरी कार्यालयअगाडि भेला भएर स्थानीयले प्रशासनविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको नयाँ पत्रिकामा खबर छ ।

झडपमा ३ जना प्रहरी र ८ जना प्रदर्शनकारी घाइते भएका छन् ।

गढवा ६ का भरतप्रताप यादव र सोही ठाउँकी १४ वर्षीया किशोरीबीच २८ फागुन ०७४ मा प्रेम विवाह भएको दाबी केटापक्षले गरेका छन् । केटापक्षका अनुसार ४ महिना उनीहरुसँगै बसेका थिए ।

केटापक्षले किशोरी अस्वीकार गरेपछि किशोरीका अभिभावकले जेठ १६ गते यादवविरुद्ध प्रहरी कार्यालयमा बलात्कारको मुद्दा दर्ता गरेपछि विवाद उत्कर्षमा पुगेको ो ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...