नेकपाको पहिलो स्याथी समिति बैठक सकियो, के–के भयो निर्णय



हाम्रो इकोनोमि

नेकपाका अध्यक्षद्धयले पार्टी एकतालाई सुदृढ बनाउँदै सरकारलाई सफल बनाउने दिशामा एकताबद्ध भएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सनिबार साँझ बसेको नेकपाको पहिलो स्थायी समिति बैठकमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सिंगो पार्टी पक्तिलाई सुदृढ र एकतावद्ध बनाउँदै सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउने दिशामा अघि बढ्न निर्देशन दिएका हुन् ।

पार्टी एकतापछिको अहिलेसम्मको सांगठनिक एकिकरण, राजनीतिक परिस्थिति र सरकारको कामबारे बैठकमा समिक्षा गरिएको छ ।

पार्टी एकीकरण अद्धितीय र असाधारण तथा विशिष्ठ रहेको भन्दै सांगठनिक संरचनालाई मजबुत बनाउदै सरकारको कामलाई प्रभावकारी र परिणममुखी बनाउन मद्दत पुर्याउने निर्णय पनि बैठकले गरेको छ ।

पार्टीको नियमावलीको बारेमा १० दिनभित्र सबै स्थायी समिति सदस्यबाट सुझाव लिई सोही आधारमा सचिवालय बैठकले नियमाविलाई स्थायी समितिमा पेस गर्ने निर्णय पनि बैठकमा भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

त्यसैगरी स्थानीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र स्थायी समिति सदस्य एंव परराष्टमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका बारेमा बैठकलाई जानकारी गराउँदै  ऐतिहासिक रुपले भ्रमण सफल हुने विश्वास व्यक्त गरेका थिए ।

बैठकमा महासचिव बिष्णु पौडेलले ले सांगठनिक प्रतिवेदन प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...