नेकपाको पहिलो स्याथी समिति बैठक सकियो, के–के भयो निर्णय



नेकपाका अध्यक्षद्धयले पार्टी एकतालाई सुदृढ बनाउँदै सरकारलाई सफल बनाउने दिशामा एकताबद्ध भएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सनिबार साँझ बसेको नेकपाको पहिलो स्थायी समिति बैठकमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सिंगो पार्टी पक्तिलाई सुदृढ र एकतावद्ध बनाउँदै सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउने दिशामा अघि बढ्न निर्देशन दिएका हुन् ।

पार्टी एकतापछिको अहिलेसम्मको सांगठनिक एकिकरण, राजनीतिक परिस्थिति र सरकारको कामबारे बैठकमा समिक्षा गरिएको छ ।

पार्टी एकीकरण अद्धितीय र असाधारण तथा विशिष्ठ रहेको भन्दै सांगठनिक संरचनालाई मजबुत बनाउदै सरकारको कामलाई प्रभावकारी र परिणममुखी बनाउन मद्दत पुर्याउने निर्णय पनि बैठकले गरेको छ ।

पार्टीको नियमावलीको बारेमा १० दिनभित्र सबै स्थायी समिति सदस्यबाट सुझाव लिई सोही आधारमा सचिवालय बैठकले नियमाविलाई स्थायी समितिमा पेस गर्ने निर्णय पनि बैठकमा भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

त्यसैगरी स्थानीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र स्थायी समिति सदस्य एंव परराष्टमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका बारेमा बैठकलाई जानकारी गराउँदै  ऐतिहासिक रुपले भ्रमण सफल हुने विश्वास व्यक्त गरेका थिए ।

बैठकमा महासचिव बिष्णु पौडेलले ले सांगठनिक प्रतिवेदन प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा

बडादशैं सुरु, घटस्थापनाको साइत आज ९:१६ बजे

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय