सरकारमा सहभागितालाई लिएर राजपामा भाँडभैलो, राजेन्द्र महतोले पार्टी कार्यालयमै प्रेमिका सांसदलाई अंगालो मारेर चुम्मा खाए पछि बबाल



सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीमा विवाद देखिएको छ । सरकारलाई हेर्ने दृष्टिकोणमै राजपा नेताहरूमा तीन धार देखिएको हो । एउटा पक्ष सरकारमा जाने र अर्को पक्ष जान नहुने पक्षमा छन् । तेस्रो पक्ष भने तटस्थ छ । तर, सरकारमा जानुपर्ने धार नै बलियो देखिन्छ ।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन् । सरकारमा जान तयार भए पनि वातावरण बनिनसकेको राजपाका नेताहरूले बताउने गरेका छन् । अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारमा सहभागिताबारे छलफल भए पनि कुनै प्रगति नभएको बताए ।

राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायत सरकारमा जानुपर्ने पक्षमा छन् । अनिल झा र महेन्द्र राय यादव सरकारमा जानै नहुने अडानमा छन् । राजकिशोर यादव भने तटस्थ छन् । केही समयअघि महन्थ ठाकुर पनि तटस्थ नै थिए । तर, अहिले प्रधानमन्त्रीसँग छलफलमा छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) भित्र यतिवेला अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रेम लिलाबारे चर्चा भएको छ । पार्टीको केही दिन यता लगातार बसेको बैठकमा समेत यो विषयबारे व्यापक कुराहरु उठेको स्रोतको दाबी छ ।

खासगरी नरमाया ढकाललाई समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाएदेखि नै अध्यक्ष मण्डलका सदस्य महतोको नाम जोडेर विभिन्न टिकाटिप्पणीहरु भएका थिए । त्यतिवेला पनि सांसद ढकालको चर्चाले सामाजिक सञ्जालहरु रंगिएका थिए ।

अहिले यो विषयले पार्टीभित्र पूनः चर्चा पाएको बुझिएको छ । सांसद रहेका नेता महतो प्रेममा लसपसिँदा पार्टीभित्र हंगामा भएको एक नेताले बताए ।

उनले भने,“यो विषयमा अहिले पार्टीभित्र निकै चर्चा छ, केही नेताहरुले राजेन्द्र महतोजीसँग तपाईको नाम जोडेर बाहिर यस्तो बद्नाम भयो, यो के गरेको भनेर सोध्नुभएको थियो, तर राजेन्द्र महतोजीले यो मेरो व्यक्तिगत स्वतन्त्रताको कुरा हो भन्दै नरमायाको बचाउ गर्नुभयो।”

महतोले ढकाल ठीक मान्छे भएको बताउँदै उनको विषयमा कुरै नगर्न नेताहरुलाई आग्रह गरेका थिए । ढकाललाई सांसद बनाएपछि सामाजिक सञ्जालमात्रै नभएर त्यतिवेला पनि राजपामा खैलाबैला मच्चिएको थियो ।

ढकाल खसआर्य सूचीबाट सांसद बन्न सफल भएकी थिईन् । राजपाको नेतृत्वले समेत उनलाई सांसद बनाउन नचाहेको खबरहरु बाहिरिएका थिए । तर, यी सबैका बावजुद ढकाललाई नेता महतोकै “हेभ्भी प्रेसर” ले सांसद बनाईएको पार्टी पंक्तिका शीर्ष नेताहरुले बताउँदै आएका छन् ।

राजेन्द्र महतोले केही दिन पहिले पार्टी कार्यालयमै आफ्नी प्रेमिका साम्सद नरमाया ढकाललाई अंगालो मारे पछी उनको चर्चा थप चुलिएको हो।

गैरसरकारी संस्थामा आबद्ध नरमाया काठमाडौंमा बसेर सदभावनाको पार्टी राजनीतिमा सक्रिय रहेको उनीहरुको भनाई रहेको छ । ढकालले नागरिकता स्याङ्जाबाट लिएकी हुन् । उनको विवाह चितवनमा भएको छ । अहिले काठमाडौँको बत्तिसपुलतीमा उनको स्थायी बसोबास छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्