नेकपाको पहिलो स्थायी कमिटी बैठक आज २ बजे प्रधानमन्त्री निवासमा बस्दै, बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्ने



हाम्रो इकोनोमि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पहिलो बैठक आज बस्दैछ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठक अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाले जनाएको छ ।

बैठकका लागि चारवटा एजेण्डा तय भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । रिजालका अनुसार, स्थायी कमिटीको पहिलो बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्नेछन् भने महासचिव विष्णु पौडेलले यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्नेछन् ।

बैठकबाट पार्टी सञ्चालन नियमावली पारित गर्ने सम्भावना छ ।

नियमावलीको मस्यौदा स्थायी कमिटी सदस्यहरुलाई दिइसकिएको छ । उनीहरुलाई आवश्यक सुझावसहित बैठकमा उपस्थित हुन भनिएको छ ।

बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली ५ असारमा चीन भ्रमणमा जाँदैछन् ।

स्थायी कमिटी बैठकअघि आजै ९ सदस्यीय केन्द्रीय सचिवालयको बैठक पनि बालुवाटारमै बस्ने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...