पूर्वआइजीपीकी छोरीले देखाइन यस्तो ताण्डब,सशस्त्र प्रहरीको दुरुपयोग गर्दै निजी स्कुलमाथि हमला



हाम्रो इकोनोमि

सशस्त्र प्रहरीका पूर्वप्रमुख कृष्णमोहन श्रेष्ठकी छोरी नमिता श्रेष्ठले सशस्त्र प्रहरीका जवान प्रयोग गरेर कलंकीस्थित एक विद्यालयलाई दुःख दिइरहेकी छिन् ।

बल्खु कलंकीस्थित पूर्वप्राथमिक स्कूल ‘वेदा इन्टरनेसनल स्कूल’का सञ्चालिका द्वय शीतल श्रेष्ठ र रोशनी सिंहले नमिता श्रेष्ठसँग २०७४ साउन १ गते १५ वर्षको लागि उक्त घर भाडामा लिएका थिए । तर, घर भाडामा लिएको १ वर्ष पनि नहुँदै आफ्नो घरमा सुरक्षा र सुविधाका लागि राखिएका आधा दर्जन सशस्त्र प्रहरीका जवानलाई सो स्कूल पठाएर कहिले बिजुलीको फ्यूज निकालिदिने त कहिले विद्यालयको रिसेप्सनको ढोकामा लगाएको ताला फोरेर सामानहरू बाहिर निकालिदिने काम गराएकी हुन् ।

घरेलु कामदारको रूपमा राखिएका सशस्त्र प्रहरी नेत्र श्रेष्ठ, उत्तम अधिकारी र पुष्कर चौधरीका साथ आफैं आएर बिजुलीको फयुज निकाल्ने र ढोका फोरेर सामान बाहिर निकाल्दै गरेको उक्त विद्यालयको सीसीटीभी फुटेजमा देख्न सकिन्छ । उनले गरेको हर्कतसँग सम्बन्धित सबै कानूनी प्रमाणहरू लिएर सम्बन्धित ठाउँमा उजुरी गरिसक्दा पनि नमिता श्रेष्ठले ‘पावर’को आडमा सशस्त्र प्रहरीको दुरुपयोग गर्न छोडेकी छैनन् ।

त्यहाँ आएर अस्वाभाविक हर्कत गर्ने सशस्त्र प्रहरीका जवानसँग ‘किन यस्तो गरेको ?’ भनेर सोध्दा उनीहरूको जवाफ ‘म्याडमको आदेश यस्तै छ’ भन्ने खालको आउने स्कूलकी सञ्चालिका रोशनी र शीतल बताउँछिन् । नमिताको आदेशमा सशस्त्रका जवानहरू र नमिताको मामाले रिसेप्सनको ताला खोलेदेखि जेल हालिदिने धम्की दिएका थिए। १५ वर्षको लागि उक्त भवन भाडामा लिने सम्झौता भएपछि सो स्कूलका सञ्चालिका द्वयले त्यही अनुसारको लगानी गरिसकेका छन् । तर, १ वर्ष पनि नपुग्दै देखिएको घरधनीको दुव्र्यवहारले स्कूलमा गरेको लगानीको भविष्य के हुने भन्ने पीर लागिरहेको स्कूलका सञ्चालिका बताउँछन् ।

नमिताले ‘भवनको भाडा समयमा नबुझाएको र भवनको रेखदेख राम्रोसँग नगरेको’ भन्दै सम्झौता तोड्न खोजेको भएपनि स्कूलसँग घरभाडा नियमित र सम्झौता अनुसार तिरेको प्रमाण सुरक्षित रहेको छ । साथै, सरसफाईमा कुनै कन्ज्युस्याइ नगरिएको देखिन्छ । घटनाबारे प्रतिक्रिया लिन घरभेटी श्रेष्ठसँग पटक–पटक टेलिफोन सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा आइनन् ।

यस विषयमा सशस्त्र प्रहरीका प्रवक्ता बाबुराम पाण्डेले छोटो कुराकानी गर्दै पूर्वआइजीपीको घर सम्पत्तिको सुरक्षाका लागि राखिएका प्रहरी जवानलाई व्यक्तिगत काममा प्रयोग गरेको देखिएकाले उनीहरूलाई फिर्ता बोलाइएको जानकारी दिएका छन् ।

विद्यालय सञ्चालिका र घरभेटीबीच भएका अन्य असहमति अदालतमार्फत् हल गर्नुपर्ने पाण्डेको भनाइ थियो । नमिता श्रेष्ठका बाबु सशस्त्र प्रहरी नेपालका पूर्वप्रमुख हुन् । २०५९ सालमा श्रेष्ठ र उनकी श्रीमतीको हत्या भएको थियो । सो हत्याको आरोप तत्कालीन माओवादी विद्रोहीलाई लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...