माफिया र दलाल सिध्याएरै छोड्ने गृहमन्त्रीको छ यस्तो चाला,ठेकदार पछी यसरी सकिदैछन् डलरवाला



सिन्डिकेटधारी यातायात व्यवसायी,ठेकेदार पछाडि गृहमन्त्री रामबहादुर थापा बादलको निशानामा एनजिओ र आइएनजिओवालाहरु परेका छन् । सिण्डिकेटवाला यातायात व्यवसायीहरुलाई डण्डा बर्साएर चर्चा कमाएका गृहमन्त्री बादलले ३३ किलो सुनकाण्डवालाहरुलाई समेत कारवाही प्रक्रिया अगाडि बढाइरहेका छन् । पछिल्लो समयमा रामबहादुर थापाको निशानामा एनजिओ रआइएनजिओका सम्पूर्ण पदाधिकारीहरु परेका छन् ।

उनले एनजिओ रआइएनजिओवालाहरुको सम्पत्ति विवरण माग्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् । नेपालमा एनजिओ रआइएनजिओका कर्मचारीले आफूले खाने तलब भत्ता लुकाउने गरेको, अदृश्य स्रोतबाट लगानी ल्याउने गरेको भन्ने समाचार सार्वजनिक भइरहेका छन् । मन्त्री थापाले ७७ वटै प्रशासन कार्यालयमा पठाएको पत्रमा सम्पत्ति विवरण शिलबन्दी गरेर लिनुपर्ने उल्लेख छ। नेपालमा सरकारी कर्मचारीले सम्पत्ति विवरण बुझाउने गरेपनि आजसम्म एनजिओ र आइएनजिओमा कार्यरत कर्मचारीहरूले भने सम्पत्ति विवरण सार्वजनिक हुने गरेको छैन ।

स्मणीय छ हाल नेपालमा एनजिओ र आइएनजिओ तत्कालिन एमाले र हालको नेकपा नेताहरुको रहेको आरोप लाग्ने गरेको छ । खासगरी एनजिओ र आइएनजिओ मार्फत नेपालमा विभिन्न चलखेल हुने गरेको, राजनीतिक दललाई प्भावित पार्ने गरेको, नेपालका गोप्य सूचना लिक हुने गरेको टिप्पणी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्