माफिया र दलाल सिध्याएरै छोड्ने गृहमन्त्रीको छ यस्तो चाला,ठेकदार पछी यसरी सकिदैछन् डलरवाला



हाम्रो इकोनोमि

सिन्डिकेटधारी यातायात व्यवसायी,ठेकेदार पछाडि गृहमन्त्री रामबहादुर थापा बादलको निशानामा एनजिओ र आइएनजिओवालाहरु परेका छन् । सिण्डिकेटवाला यातायात व्यवसायीहरुलाई डण्डा बर्साएर चर्चा कमाएका गृहमन्त्री बादलले ३३ किलो सुनकाण्डवालाहरुलाई समेत कारवाही प्रक्रिया अगाडि बढाइरहेका छन् । पछिल्लो समयमा रामबहादुर थापाको निशानामा एनजिओ रआइएनजिओका सम्पूर्ण पदाधिकारीहरु परेका छन् ।

उनले एनजिओ रआइएनजिओवालाहरुको सम्पत्ति विवरण माग्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् । नेपालमा एनजिओ रआइएनजिओका कर्मचारीले आफूले खाने तलब भत्ता लुकाउने गरेको, अदृश्य स्रोतबाट लगानी ल्याउने गरेको भन्ने समाचार सार्वजनिक भइरहेका छन् । मन्त्री थापाले ७७ वटै प्रशासन कार्यालयमा पठाएको पत्रमा सम्पत्ति विवरण शिलबन्दी गरेर लिनुपर्ने उल्लेख छ। नेपालमा सरकारी कर्मचारीले सम्पत्ति विवरण बुझाउने गरेपनि आजसम्म एनजिओ र आइएनजिओमा कार्यरत कर्मचारीहरूले भने सम्पत्ति विवरण सार्वजनिक हुने गरेको छैन ।

स्मणीय छ हाल नेपालमा एनजिओ र आइएनजिओ तत्कालिन एमाले र हालको नेकपा नेताहरुको रहेको आरोप लाग्ने गरेको छ । खासगरी एनजिओ र आइएनजिओ मार्फत नेपालमा विभिन्न चलखेल हुने गरेको, राजनीतिक दललाई प्भावित पार्ने गरेको, नेपालका गोप्य सूचना लिक हुने गरेको टिप्पणी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...