मुख्यसचिव त्यागेर महिनाको १८ लाख हसुर्न गएका सुबेदीलाई ओली सरकारले हटायो,यिनको भाग्य चम्कायो



हाम्रो इकोनोमि

महिनाको १८ लाख तलब सुविधा हुने जागिरबाट पूर्व मुख्यसचिव डा सोमलाल सुवेदीलाई हटाउने निर्णय सरकारले गरेको छ ।

बिहीबार बेलुका बसेको मन्त्रीपरिषद्को बैठकले एशियाली विकास बैंकको बैकल्पिक निर्देशकमा सुवेदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उनको ठाउँमा सरकारले अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको छ ।

एशियाली विकास बैंकका सदस्यहरुमा पालै पालो बैकल्पिक कार्यकारी निर्देशकको पद आउने गर्छ । २ वर्ष कार्यकाल हुने सो पदमा मासिक तलब १८ हजार अमेरिकी डलरभन्दा बढी हुन्छ ।

यो भनेको महिनाको १८ लाखभन्दा बढी हो ।

सुवेदीले एक वर्ष काम गरिसकेका छन् । अब एकवर्ष पुडासैनीले काम गर्ने छन् ।
सामान्यतया सहसचिव जाने पदमा मुख्यसचिव सुवेदीले मुख्यसचिवको कार्यकाल पुरा नगरेर गएका थिए । यसले प्रशासन संरचनामा भने ठूलो असर गरेको थियो ।

अर्थमन्त्रालयमा राजस्व प्रशासन महाशाखा प्रमुख रहेका पुडासैनी अर्थमन्त्री डा युवराज खतिवडा निकट मान्छिन् । उनी सचिव हुने लाइनमा रहेका छन् ।

सरकारले सिफारिसमा पठाउने हुँदा फिर्ता गर्ने अधिकार सरकारसँग रहेको हुन्छ ।
यसरी एडिबी बाहेक पालै पालो आउने पदमा विश्व बैंकमा पनि यस्तै खालको सुविधा आउने गर्छ ।

अन्तराष्ट्रिय मुद्रा कोषमा पनि यस्तै खालको सुविधा आउने गर्छ । विश्व बैंक र एडिबीमा निजामति कर्मचारी र आइएमएफमा राष्ट्र बैंकबाट प्रतिनिधित्व हुन्छ । हालका अर्थमन्त्री डा खतिवडाले आफु गभर्नर हुँदा आइएमएफमा निर्देशक तहको कर्मचारी पठाउने प्रचलन विपरित आफ्ना छोरी ज्वाई डा रामशरण खरेललाई आइएमएफ पठाएका थिए । जसको चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...