मुख्यसचिव त्यागेर महिनाको १८ लाख हसुर्न गएका सुबेदीलाई ओली सरकारले हटायो,यिनको भाग्य चम्कायो



हाम्रो इकोनोमि

महिनाको १८ लाख तलब सुविधा हुने जागिरबाट पूर्व मुख्यसचिव डा सोमलाल सुवेदीलाई हटाउने निर्णय सरकारले गरेको छ ।

बिहीबार बेलुका बसेको मन्त्रीपरिषद्को बैठकले एशियाली विकास बैंकको बैकल्पिक निर्देशकमा सुवेदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उनको ठाउँमा सरकारले अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको छ ।

एशियाली विकास बैंकका सदस्यहरुमा पालै पालो बैकल्पिक कार्यकारी निर्देशकको पद आउने गर्छ । २ वर्ष कार्यकाल हुने सो पदमा मासिक तलब १८ हजार अमेरिकी डलरभन्दा बढी हुन्छ ।

यो भनेको महिनाको १८ लाखभन्दा बढी हो ।

सुवेदीले एक वर्ष काम गरिसकेका छन् । अब एकवर्ष पुडासैनीले काम गर्ने छन् ।
सामान्यतया सहसचिव जाने पदमा मुख्यसचिव सुवेदीले मुख्यसचिवको कार्यकाल पुरा नगरेर गएका थिए । यसले प्रशासन संरचनामा भने ठूलो असर गरेको थियो ।

अर्थमन्त्रालयमा राजस्व प्रशासन महाशाखा प्रमुख रहेका पुडासैनी अर्थमन्त्री डा युवराज खतिवडा निकट मान्छिन् । उनी सचिव हुने लाइनमा रहेका छन् ।

सरकारले सिफारिसमा पठाउने हुँदा फिर्ता गर्ने अधिकार सरकारसँग रहेको हुन्छ ।
यसरी एडिबी बाहेक पालै पालो आउने पदमा विश्व बैंकमा पनि यस्तै खालको सुविधा आउने गर्छ ।

अन्तराष्ट्रिय मुद्रा कोषमा पनि यस्तै खालको सुविधा आउने गर्छ । विश्व बैंक र एडिबीमा निजामति कर्मचारी र आइएमएफमा राष्ट्र बैंकबाट प्रतिनिधित्व हुन्छ । हालका अर्थमन्त्री डा खतिवडाले आफु गभर्नर हुँदा आइएमएफमा निर्देशक तहको कर्मचारी पठाउने प्रचलन विपरित आफ्ना छोरी ज्वाई डा रामशरण खरेललाई आइएमएफ पठाएका थिए । जसको चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...