विश्वकपको उद्‌‌घाटन समारोह आधा घण्टा चल्ने,यी तीन सेलिब्रेटीले यसरी तताउनेछन् माहोल



हाम्रो इकोनोमि

आजदेखि रसियामा सुरु हुने २१औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा तीन जना सेलिब्रेटीले आफ्नो प्रस्तुती दिनेछन्।

मस्कोको लुज्निकी रंगशालामा रसिया र साउदी अरेबियाबीचको उद्घाटन खेलअघि उद्घाटन समारोह चल्नेछ। जहाँ ब्रिटेनका गायक रोबी विलियम्सले आफ्नो प्रस्तुती दिनेछन्। उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिनेछन्। उद्घाटनमा समारोहमा ३२ वटै टिमका खेलाडी उपस्थित हुने बताइएको छ। जहाँ ब्राजिलबाट २ पटक विश्वकपको ट्रफी उचालेका रोनाल्डो पनि दुई सेलिब्रिटीसँग देखिनेछन्।

उद्घाटन समारोह आधा घन्टा चल्नेछ। रसिया र साउदी अरेबियाबीचको खेल पौने ९ बजे सुरु हुनेछ। उद्घाटन समारोहमा रंगशालामा ८० हजार दर्शक उपस्थित हुनेछन्। विश्वभरबाट करोडौं दर्शकले टेलिभिजन लाइभमार्फत उद्घाटन शत्रको मजा लिने फिफाले जनाएको छ।

यसअघिको भन्दा यसपटकको उद्घाटन समारोहभन्दा फरक हुने फिफाको दाबी छ। उद्घाटन समारोह पूरै गीत संगीतमा केन्द्रीत हुनेछ।

रसियाको च्यानल वानले उद्घाटन समारोहको व्यवस्थापन तथा उत्पादन गर्नेछ। जसको निर्देशक फेलिक्स मिखाइलो हुन्। उनले नै २०१८ को ‘फिफा विश्वकप जर्नी’ का कार्यक्रम निर्देशन गरेका हुन्।जुन २०१५ को प्रारम्भिक ‘ड्र’बाट सुरु भएको यात्रा १५ जुलाईमा समापन समारोहसँगै सकिनेछ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...