विश्वकपको उद्‌‌घाटन समारोह आधा घण्टा चल्ने,यी तीन सेलिब्रेटीले यसरी तताउनेछन् माहोल



हाम्रो इकोनोमि

आजदेखि रसियामा सुरु हुने २१औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा तीन जना सेलिब्रेटीले आफ्नो प्रस्तुती दिनेछन्।

मस्कोको लुज्निकी रंगशालामा रसिया र साउदी अरेबियाबीचको उद्घाटन खेलअघि उद्घाटन समारोह चल्नेछ। जहाँ ब्रिटेनका गायक रोबी विलियम्सले आफ्नो प्रस्तुती दिनेछन्। उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिनेछन्। उद्घाटनमा समारोहमा ३२ वटै टिमका खेलाडी उपस्थित हुने बताइएको छ। जहाँ ब्राजिलबाट २ पटक विश्वकपको ट्रफी उचालेका रोनाल्डो पनि दुई सेलिब्रिटीसँग देखिनेछन्।

उद्घाटन समारोह आधा घन्टा चल्नेछ। रसिया र साउदी अरेबियाबीचको खेल पौने ९ बजे सुरु हुनेछ। उद्घाटन समारोहमा रंगशालामा ८० हजार दर्शक उपस्थित हुनेछन्। विश्वभरबाट करोडौं दर्शकले टेलिभिजन लाइभमार्फत उद्घाटन शत्रको मजा लिने फिफाले जनाएको छ।

यसअघिको भन्दा यसपटकको उद्घाटन समारोहभन्दा फरक हुने फिफाको दाबी छ। उद्घाटन समारोह पूरै गीत संगीतमा केन्द्रीत हुनेछ।

रसियाको च्यानल वानले उद्घाटन समारोहको व्यवस्थापन तथा उत्पादन गर्नेछ। जसको निर्देशक फेलिक्स मिखाइलो हुन्। उनले नै २०१८ को ‘फिफा विश्वकप जर्नी’ का कार्यक्रम निर्देशन गरेका हुन्।जुन २०१५ को प्रारम्भिक ‘ड्र’बाट सुरु भएको यात्रा १५ जुलाईमा समापन समारोहसँगै सकिनेछ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...