चीनमा प्रधानमन्त्री ओलीले गर्दैछन यस्ता-यस्ता चमत्कार,८ वटा सीमा नाका खोलिने,रेलमार्गको सम्झौता हुने



हाम्रो इकोनोमि

असार ५ गतेदेखि चीनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको कार्यसूची तय भएको छ।

दुई वर्षअघि चीन भ्रमणका बेला ओलीले गरेको द्विपक्षीय सन्धि सम्झौताको कार्यान्वयनमा यो भ्रमण केन्द्रित रहने स्रोतले बताएको छ। भ्रमण नेपालको परिवर्तित राजनीतिक सामाजिक सन्दर्भमा समृद्धितर्फको यात्रालाई सफल बनाउन भौतिक पूर्वाधार निर्माणका केही परियोजनाहरुमा चिनियाँ सहयोग प्राप्त हुने प्रायः पक्का भएको छ।

भ्रमणको क्रममा प्रधानमन्त्रीले चिनियाँ प्रधानमन्त्री लि खछ्याङ लगायत चिनियाँ कम्युनिस्ट पार्टीका उच्च पदस्थ नेताहरुसँग भेट्नेछन्।

प्रधानमन्त्रीको भ्रमणका बेला चीनको स्वशासित क्षेत्र (तिब्बत) का राजमार्ग खाद्यान्न ढुवानीका निम्ति ८ वटा सीमानाका खोल्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुनेछ। केरुङ–काठमाडौँ रेल मार्ग निर्माण, दुई देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानीमा ‘नेपाल–चीन मैत्री पुल’ निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने कार्यसूची तय भएको छ।

त्यसैगरी नेपालको उत्पादन क्षमता अभिवृद्धि सम्बन्धमा नेपाल र चीनका अर्थ मन्त्रालयबीच सहकार्य, ऊर्जा सहायता तथा सीमापार प्रसारण लाइन निर्माण, कृषिमा साझेदारी र ७ वटै प्रदेशमा विपद् व्यवस्थापन तथा उद्धार केन्द्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ।

भूकम्पपछिको नेपालको पुनः निर्माणका लागि चीन सरकारले उपलब्ध गराउने १६ अर्ब चिनियाँ युआन, एक हजार मेगावाट क्षमताको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना, समुद्री बन्दरगाह र सुक्खा बन्दरगाहको प्रयोग, सहज एवं सर्वसुलभ सूचना तथा सञ्चार प्रवाहका निम्ति अप्टिकल फाइबर बिछ्याउने लगायत नेपालको राष्ट्रिय हित र स्वार्थका परियोजनामा पारस्परिक सहयोगको सम्झौता यो भ्रमणमा हुनेछ।

तिब्बतबाट खाद्यान्न ढुवानी गर्ने तथा नेपालबाट तिब्बततर्फ मालसामान निर्यात गर्ने प्रयोजनका निम्ति बझाङको उरिपासमा दुई, रसुवागढी, दार्चुलाको तिंकरमा दुई, ताप्लेजुङको तिप्लापासमा दुईवटा र हुम्लाको हिल्सामा एक व्यापार नाका खुल्नेछन्।

चीनका राष्ट्रपतिले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)’ अन्तर्गतका परियोजना, तिनको निर्माण तथा लगानीको ढाँचाबारे पनि बृहत् रुपमा दुवै मुलुकबीच छलफल भइरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

नेपालको राष्ट्रिय आवश्यकताका परियोजना नै बिआरआई अन्तर्गत निर्माण गरिने उनले बताए।

भ्रमणमा ओलीसँगै पत्नी राधिका शाक्य तथा ४ मन्त्री जाने भएका छन्। गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, यातायातमन्त्री रघुवीर महासेठ भ्रमणमा प्रधानमन्त्रीसँगै जाने परराष्ट्र मन्त्रालयले जनाएको छ। ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित उच्च पदस्थ कर्मचारीहरु पनि भ्रमणमा सँगै रहनेछन्।

ओली १० गते स्वदेश फर्कनेछन्।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...