भातखाने डाँडा जाँदै गर्दा भएको जिप दुर्घटनामा वडा सदस्यसहित दुईजना ठहरै



बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा बिहीबार दिउँसो भएको पिकअप जिप दुर्घटनामा परी वडा सदस्यसहित दुईजनाको मृत्यु भएको छ।  घुस्मेलीदेखि अर्गल भातखाने डाँडा जाँदै गरेको ग१ज ६० ३४ नम्बरको गाडी दुर्घटना हुँदा ताराखोला गाउँपालिका ३ का वडा सदस्य २४ वर्षीय हेमन्त घिमिरे र सोही ठाउँका ५४ वर्षीय हरिराम गिरीको मृत्यु भएको हो। दुर्घटनामा परी अन्य दुईजना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा ताराखोला गाउँपालिका- ३ का २७ वर्षीय  जिप चालक डम्बरबहादुर घिमिरे र सोही स्थानका ४२ वर्षीय कर्ण भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए।  घाइते दुवैलाई उपचारका लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर लगिएको छ। दुवैको अवस्था  दुर्घटनाग्रस्त गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरी नायव उपरीक्षक थापाले बताए। दुर्घटना कसरी भयो भन्ने विषयमा कारण खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा

बडादशैं सुरु, घटस्थापनाको साइत आज ९:१६ बजे

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय