संसदमा बिरोध गर्ने औकात समेत गुमाए पछी यसरी रन्थनियो कांग्रेस,मिनेन्द्र बाहिरै भिड्ने भनेर देखाए नौटंकी



हाम्रो इकोनोमि

कम्युनिस्ट सरकारको बढ्दो लोकप्रियतालाई नियन्त्रण गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असली पावर देखाउने भएको छ। उसले हरेक सेक्टरमा सरकारको लोकप्रियता बढेको भन्दै संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको हो। सत्ता पक्षले हरेक ठाउँमा संविधानको भावना कुल्चिन थालेको भन्दै विपक्षी कांग्रेसले सरकारलाई खबरदारी समेत गरेको छ।

संसदको बिहीबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले ‘काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो’ भन्दै तर्साउने थालेको बताए। सरकारले पनि त्यही नियम, कानुन र संविधानअनुसार काम गर्नुपर्नेमा उनको जोड छ । ‘नियम छ, कानुन छ, संविधान छ । नियम, कानून, संविधानको पालना होस् । त्यही नियम, कानुन, संविधान अन्तरगत बसेर काम गर्न हामी आएका हौं,’ उनले भने, ‘सरकारलाई योभन्दा बाहिर जाने अधिकार छैन ।’

संविधान बनाउने क्रममा सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक सोचविचार गरेर राखेको भन्दै उनले दलीय स्वार्थअनुसार गलत ब्याख्या नगर्न आग्रह गरे ।

संसदमा प्रतिपक्षले आफ्नो ठाउँ नपाउने र संविधानको कार्यान्वयन हुन्छ भन्ने विश्वास भएन भने संसद छाडेर जनताको माझमा जाने उनको चेतावनी छ ।

संसदमा विपक्षीका हरेक २० सांसदको अगाडि सत्ताको ५५ जना सांसद रहेपनि मतदातामा कांग्रेसका २० हुँदा सत्तापक्षको २७ मात्र रहेको हिसाब सुनाउँदै उनले भने, ‘संसदमा ठाउँ नपाइने, संविधान कुल्चिने, दुई तिहाइको दम्भबाट जबरजस्ती काम हुने हो भने हामीले २० ले ५५ होइन, २७ सँग जुध्ने गरी बाहिर जानु पर्ने बाध्यता सिर्जना नहोस् । संविधानको मर्ममा काम होस् ।’
पछिल्ला दिनमा कांग्रेस अब कहिल्यै सत्तामा पुग्न नसक्ने गरि बाटो बन्द हुने भयले अनेक बिषयमा बखेडा झिक्दै आएको मात्र छैन उक्त पार्टीका नेताहरुको दिमागले समेत काम गर्न छोडे झैँ गरीका भाषण गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...