भुकम्प पछी बन्द रहेको तातोपानी नाका १ वर्ष पछी बाट संचालनमा आउने गरी ओली सरकारले मिलायो यस्तो व्यवस्था



हाम्रो इकोनोमि

नेपाल–चीनको पुरानो व्यापारिक नाका तातोपानी सन् २०१९ को मे महिनादेखि सञ्चालनमा आउने भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘तातोपानी नाका सञ्चालन प्रक्रियाबारे चीनसँग विस्तृतमा छलफल भएको छ। अर्को वर्ष मेदेखि सञ्चालनमा आउनेछ।’

तीन वर्षअघिको भूकम्पका कारणा चीनसँगकाे व्यापारिक नाका ताताेपानी बन्द भएकाे थियाे। मितेरी पुलसम्म पुग्न नेपालले आफ्नो तर्फ सडक निर्माण कार्य सकेपछि नाका खुला हुने उनले जानकारी दिए। चीन तर्फकाे भन्सार कार्यालय भने न्यालममा रहनेछ। खासा वरपर भूकम्पले ठूलाे क्षति पुर्याएका कारण चीनले त्यहाँकाे बस्ती नै सारेकाे छ।

हाल तातोपानीस्थित मितेरी पुलदेखि ७ किलोमिटर वर नेपाली भूभाग लार्चामा सुक्खा बन्दरगाह निर्माणाधीन छ। चीन सरकारको करिब २ अर्ब ३५ करोड अर्थात् १४ करोड ७० लाख युआन सहयोगमा बन्दरगाह निर्माण भइरहेको हो।

सुक्खा बन्दरगाह क्षेत्र विस्तार गर्न नेपाली पक्षले चाहना देखाए पनि चीनले करिब ९० रोपनी क्षेत्रफलमा सो बन्दरगाहका लागि मात्र सहयोग गर्ने जनाएर काम भइरहेकाे हाे। २०१९ मे महिनाभित्र बन्दरगाह तथा सडक मार्ग निर्माण तयार हुने अपेक्षा गरिएकाे छ।
हाल चीनसँग व्यापारका लागि रसुवागढी-केरूंग नाका मात्र सञ्चालनमा छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...