भुकम्प पछी बन्द रहेको तातोपानी नाका १ वर्ष पछी बाट संचालनमा आउने गरी ओली सरकारले मिलायो यस्तो व्यवस्था



हाम्रो इकोनोमि

नेपाल–चीनको पुरानो व्यापारिक नाका तातोपानी सन् २०१९ को मे महिनादेखि सञ्चालनमा आउने भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘तातोपानी नाका सञ्चालन प्रक्रियाबारे चीनसँग विस्तृतमा छलफल भएको छ। अर्को वर्ष मेदेखि सञ्चालनमा आउनेछ।’

तीन वर्षअघिको भूकम्पका कारणा चीनसँगकाे व्यापारिक नाका ताताेपानी बन्द भएकाे थियाे। मितेरी पुलसम्म पुग्न नेपालले आफ्नो तर्फ सडक निर्माण कार्य सकेपछि नाका खुला हुने उनले जानकारी दिए। चीन तर्फकाे भन्सार कार्यालय भने न्यालममा रहनेछ। खासा वरपर भूकम्पले ठूलाे क्षति पुर्याएका कारण चीनले त्यहाँकाे बस्ती नै सारेकाे छ।

हाल तातोपानीस्थित मितेरी पुलदेखि ७ किलोमिटर वर नेपाली भूभाग लार्चामा सुक्खा बन्दरगाह निर्माणाधीन छ। चीन सरकारको करिब २ अर्ब ३५ करोड अर्थात् १४ करोड ७० लाख युआन सहयोगमा बन्दरगाह निर्माण भइरहेको हो।

सुक्खा बन्दरगाह क्षेत्र विस्तार गर्न नेपाली पक्षले चाहना देखाए पनि चीनले करिब ९० रोपनी क्षेत्रफलमा सो बन्दरगाहका लागि मात्र सहयोग गर्ने जनाएर काम भइरहेकाे हाे। २०१९ मे महिनाभित्र बन्दरगाह तथा सडक मार्ग निर्माण तयार हुने अपेक्षा गरिएकाे छ।
हाल चीनसँग व्यापारका लागि रसुवागढी-केरूंग नाका मात्र सञ्चालनमा छ।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...