युवतीको नाम जोडिएर समाचार प्रकाशित भए पछी गगन थापाले मुख फोरे,यसरी दिए प्रस्टीकरण



‘गगन थापालाई प्रयोग गरेर दर्जनको घर बिगार्ने यी डरलाग्दी युवतीको यस्तो छ धन्धा,किन बोक्छन गगन यिनलाई?शिर्षकको समाचार प्रती कांग्रेस केन्द्रिय सदस्य समेत रहेका सांसद थापाले केही बिषय प्रस्ट पर्दै आफुले समाचारमा उल्लेख गरेकी युवतीलाई नचिनेको र उनले भने अनुरुप कहिँ कतै फोन नगरेको व्यहोरा प्रस्ट पारेका छन्। समाचार खण्डनका लागी उनले इमेल मार्फत पठाएको प्रस्टीकरणको व्यहोरा यस्तो छ ।

सार्वजनिक व्यक्ति हुँ। मेरो जीवन खुला किताव जस्तै हो । निर्वाचनको बेला प्रचारप्रसारको क्रममा सभा र घरदैलो गर्दा सवै परिचित व्यक्ति मात्रै हुँदैनन। त्यो भिडमा मसंग फोटो खिच्नु अगाडी सवैको नाम ठेगाना र पेशा रजिष्टर गर्ने कुरा पनि भएन। यस अनलाईनमा त्यसै प्रचारमा देखिएको कोहि व्यक्तिसंग जोडेर कपोलकल्पित रुपमा ‘गगन थापाको फोन गराउंदै फरार छन भनेर समाचार बनाइएको छ । न त म ति व्यक्तिलाई राम्रोसंग चिन्छु न त मैले त्यस्तो कार्यमा फोन गर्ने कुरा सोच्च नै सक्छु । तर अनधिकृत रुपमा मेरो नाम दुरुपयोग गरिएको छ । नियोजित रुपमा वदनीयतपुर्ण ढङ्गले मलाई समेत जोडेर लान्छना लगाउने दुस्प्रयास गरिएको छ । केवल समाचारको विकाउका लागि कसैको आत्मसम्मानमा ठेस पुग्ने गरि संवेदनशील विषयमा भ्रामक समाचार प्रकाशित गर्न मिल्छ? यस्ता तथ्यहिन, कपोल्कल्पित विषयलाई सम्प्रेशण गरेर जुन भ्रम सिर्जना गर्न खोजिएको छ त्यसको खण्डन गर्न समेत प्रकाशकलाई आग्रह गर्दछु ।

उक्त समाचारले थापा प्रति पर्न गएको असुविधा प्रति ध्यान राख्दै आगामी दिनमा यस्ता समाचार प्रकाशित गर्नु पूर्व सम्बन्धित ब्यक्तीको राय समेत लिदै समाचार प्रकाशन गर्ने प्रतिबद्दता ब्यक्त गर्दछौ। -सम्पादक

 

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा