युवतीको नाम जोडिएर समाचार प्रकाशित भए पछी गगन थापाले मुख फोरे,यसरी दिए प्रस्टीकरण



हाम्रो इकोनोमि

‘गगन थापालाई प्रयोग गरेर दर्जनको घर बिगार्ने यी डरलाग्दी युवतीको यस्तो छ धन्धा,किन बोक्छन गगन यिनलाई?शिर्षकको समाचार प्रती कांग्रेस केन्द्रिय सदस्य समेत रहेका सांसद थापाले केही बिषय प्रस्ट पर्दै आफुले समाचारमा उल्लेख गरेकी युवतीलाई नचिनेको र उनले भने अनुरुप कहिँ कतै फोन नगरेको व्यहोरा प्रस्ट पारेका छन्। समाचार खण्डनका लागी उनले इमेल मार्फत पठाएको प्रस्टीकरणको व्यहोरा यस्तो छ ।

सार्वजनिक व्यक्ति हुँ। मेरो जीवन खुला किताव जस्तै हो । निर्वाचनको बेला प्रचारप्रसारको क्रममा सभा र घरदैलो गर्दा सवै परिचित व्यक्ति मात्रै हुँदैनन। त्यो भिडमा मसंग फोटो खिच्नु अगाडी सवैको नाम ठेगाना र पेशा रजिष्टर गर्ने कुरा पनि भएन। यस अनलाईनमा त्यसै प्रचारमा देखिएको कोहि व्यक्तिसंग जोडेर कपोलकल्पित रुपमा ‘गगन थापाको फोन गराउंदै फरार छन भनेर समाचार बनाइएको छ । न त म ति व्यक्तिलाई राम्रोसंग चिन्छु न त मैले त्यस्तो कार्यमा फोन गर्ने कुरा सोच्च नै सक्छु । तर अनधिकृत रुपमा मेरो नाम दुरुपयोग गरिएको छ । नियोजित रुपमा वदनीयतपुर्ण ढङ्गले मलाई समेत जोडेर लान्छना लगाउने दुस्प्रयास गरिएको छ । केवल समाचारको विकाउका लागि कसैको आत्मसम्मानमा ठेस पुग्ने गरि संवेदनशील विषयमा भ्रामक समाचार प्रकाशित गर्न मिल्छ? यस्ता तथ्यहिन, कपोल्कल्पित विषयलाई सम्प्रेशण गरेर जुन भ्रम सिर्जना गर्न खोजिएको छ त्यसको खण्डन गर्न समेत प्रकाशकलाई आग्रह गर्दछु ।

उक्त समाचारले थापा प्रति पर्न गएको असुविधा प्रति ध्यान राख्दै आगामी दिनमा यस्ता समाचार प्रकाशित गर्नु पूर्व सम्बन्धित ब्यक्तीको राय समेत लिदै समाचार प्रकाशन गर्ने प्रतिबद्दता ब्यक्त गर्दछौ। -सम्पादक

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...