हिमालय एयरलाइन्स चढेर प्रधानमन्त्री ओली यसरी जाँदैछन् चीन,१००० मेगावाट हाइड्रो प्रोजेक्टको सम्झौता गर्ने



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली आसन्न चीन भ्रमणमा जाँदा हिमालय एयरलाइन्सबाट जाने भएका छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन्।

नेपाली निजी कम्पनीको वायुसेवालाई सरकारलाई पैसा तिरेर प्रयोग गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए। उनले भने, ‘भारत जाँदा हामीले नेपाल एयरलाइन्स प्रयोग गरेका थियौं, अब चीन जाँदा हिमालय एयरलाइन्स प्रयोग गर्छौं । नेपाली निजी लगानीकर्तालाई प्रमोट गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो।’

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा मस्यार्ङ्दी नदी प्रणालीबाट १००० मेगावाट हाइड्रो प्रोजेक्ट निर्माण सम्बन्धि सम्झौता हुने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...