हिमालय एयरलाइन्स चढेर प्रधानमन्त्री ओली यसरी जाँदैछन् चीन,१००० मेगावाट हाइड्रो प्रोजेक्टको सम्झौता गर्ने



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली आसन्न चीन भ्रमणमा जाँदा हिमालय एयरलाइन्सबाट जाने भएका छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन्।

नेपाली निजी कम्पनीको वायुसेवालाई सरकारलाई पैसा तिरेर प्रयोग गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए। उनले भने, ‘भारत जाँदा हामीले नेपाल एयरलाइन्स प्रयोग गरेका थियौं, अब चीन जाँदा हिमालय एयरलाइन्स प्रयोग गर्छौं । नेपाली निजी लगानीकर्तालाई प्रमोट गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो।’

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा मस्यार्ङ्दी नदी प्रणालीबाट १००० मेगावाट हाइड्रो प्रोजेक्ट निर्माण सम्बन्धि सम्झौता हुने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...