सत्ता पक्षकै सांसदले युनिक बजेट भन्दै संसदमै यसरी गरे बजेटको भण्डाफोर,किन बैंकहरु सुन चोरको अखडा बने



संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थ मन्त्रालयका लागि विनियोजित विधेयकमाथि विहिबार प्रतिनिधिसभा बैठकमा छलफल भईरहेको छ ।

छलफलमा सत्तापक्षकै सासदले ती मन्त्रालय अन्तरगत विनियोजित बजेटको आलोचना गरेका छन् । नेकपाका सांसद खगराज अधिकारीले अर्थमन्त्रीले युनिक बजेट ल्याएपनि शीर्षगत विनियोज र प्राथमिकता तथा तात्कालिन आवश्वयकतालाई समेट्न नसकेको टिप्पणी गरे ।

विशेष गरेर मौद्रिक नीति र पर्यटन प्रवद्र्धनको प्राथमिकताका विषयमा अधिकारीले गम्भीर प्रश्न उठाउदै भने, ‘प्रतिपक्षीको त नियमित धर्म नै भयो विरोधै गर्नु, सत्ता पक्षले पनि जोडदार समर्थन गर्ने मेलोमेसो र भेउ पाउनै गाह्रो भो ।’
उनले प्रश्न गर्दै भने ‘किन बैकहरु सुन खोरहरुको अखडा बनेका छन् ? व्याजदरको फरक किन यति ठुलो भएको छ ? त्यसको समाधानका खास कार्यक्रमहरु अर्थमन्त्रालयबाट आउनु पर्छ पर्दैन ?’

बैकहरुले बचत र श्रृण प्रवाहका लागि तोकिएको व्याजदरको भिन्नता अत्यन्तै बढी भएको भन्दै उनले त्यसप्रति चर्को आलोचना गरे । भने, ‘जनताले ऋण लिए भने १४ ÷१५ प्रतिशत व्याज तिर्नुपर्ने र उनीहरुले पैसा राखेभने ४ ÷५ प्रतिशत तिरे हुने यति ठुलो फरक संसारमा कहि छ कि छैन ? यो मौद्रिक अर्थशाास्त्र मैले पढिनँ, सामान्य अर्थशास्त्रको विद्यार्थी भएँ, मैले यो कुरा जान्न पाउनुपर्छ ।” अधिकारीले जनताको ढाड सेक्ने गरि व्याजदर नियन्त्रण गर्ने गरि बजेट आउनुपर्नेमा जोड दिए ।
पर्यटन मन्त्रालयको विनियोजित बजेटका सम्बन्धमा भने उनले बजेट कर्णालीमय बन्दा बन्दै विश्वरामसार क्षेत्रमा परेका बेगनास, रुपा, निरुरिनी लगायतका तालका संरक्षण सम्बद्र्धन गर्ने विषय पछि परेको भन्दै त्यस तर्फ ध्यानाकर्षण गराए । ‘पुरिदै गरेका र अतिक्रमणमा पर्दै गरेका तालको संरक्षणमा कार्यक्रम केन्द्रीत हुन सकेन’ उनको टिप्पणी छ ।
कतिपय संस्कृति संरक्षणका विषयमा पनि बजेट विनियोजन हुन नसकेको भन्दै उनले त्यस तर्फ मन्त्रालयको ध्यानाकर्षण समेत गराए ।

नेपाली कांग्रेसका सांसद संञ्जयकुमार गौतमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको विनियोजित बजेटले सरकारको नीतिलाई पच्छ्याउँदै ठोस कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरे ।
कर्णालीलाई प्राथमिकता दिदै गर्दा बजेटले बर्दिया राष्ट्रिय निकुञ्जलाई उपेक्षा गरेको अनुभुति भएको गौतमको भनाई थियो । नेपालगञ्ज विमानस्थल सुधारका लागि पनि उनले पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराए ।

नेकपाका सांसद खगराज अधिकारी बोलेलगत्तै आफ्नो धारणा राख्न रोष्टम पुगेका सांसद गौतमले आफ्नो क्षेत्रको बजेट र कार्यक्रम समावेश नहुदा सांसद अधिकारीले व्यक्त गरेको गुनासोलाई लक्षित गर्दे भने, ‘पद्धती त फेर्यौ हामीले तर प्रबित्ति फेरिएन भन्ने गर्छु , आज अलिकति खुसी लाग्यो । सापको खुट्टा सापले नै देख्छ सत्ता पक्षका साथीलाई पनि निर्वाचन क्षेत्रको माया लाग्दो रहेछ कमसेकम त्यो प्रतिपक्षीमा बस्ने साथीहरुको पीडा पनि अनुभुति हुन्छ होला निर्वाचित भएर आउदा कस्तो गाहो हुन्छ ।’

यसअघि खर्च कटौतिको प्रस्ताव पेस गर्दै सांसद प्रमिला राईले दुई तिहाई वहुमतको आडमा सरकार संबैधानिक व्यवस्थालाई मिचेर अघि बढ्न लागेको भन्दै यसमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएकी थिइन् । पार्टी परित्याग गरिसक्नुभयो भनी सत्ता पक्षका सांसदहरुले बच्चाको खेलौना र जिस्किए जस्तो व्यवहार गरेको भन्दै उनले आपत्ती जनाइन् । अर्का सांसद प्रकाश रसाईली स्नेहीले बजार मुल्य प्रति सरकार गम्भीर नभएको र प्रधानमन्त्री स्वंमले मुल्यबृद्धिमा खेलाची गरेको भन्दै गम्भीर आपत्ती जनाए ।

बजारमा अस्वभाविक मुल्यवृद्धि भएको र कालोबजारी फस्टाउदै गएको भन्दै उहाँले सरकार सम्वृद्धिको नभई मुल्यवृद्धिको सरकार भएको उनको टिप्पणी थियो ।
छलफल अहिले पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्