पार्टी कार्यालयमै प्रेमिका सांसदलाई अंगालो मारेर चुम्मा खाए पछीको यस्तो रह्यो राजेन्द्र महतोको प्रेम लिला



राष्ट्रिय जनता पार्टी (राजपा) भित्र यतिवेला अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रेम लिलाबारे चर्चा भएको छ । पार्टीको केही दिन यता लगातार बसेको बैठकमा समेत यो विषयबारे व्यापक कुराहरु उठेको स्रोतको दाबी छ ।

खासगरी नरमाया ढकाललाई समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाएदेखि नै अध्यक्ष मण्डलका सदस्य महतोको नाम जोडेर विभिन्न टिकाटिप्पणीहरु भएका थिए । त्यतिवेला पनि सांसद ढकालको चर्चाले सामाजिक सञ्जालहरु रंगिएका थिए ।

अहिले यो विषयले पार्टीभित्र पूनः चर्चा पाएको बुझिएको छ । सांसद रहेका नेता महतो प्रेममा लसपसिँदा पार्टीभित्र हंगामा भएको एक नेताले बताए ।

उनले भने,“यो विषयमा अहिले पार्टीभित्र निकै चर्चा छ, केही नेताहरुले राजेन्द्र महतोजीसँग तपाईको नाम जोडेर बाहिर यस्तो बद्नाम भयो, यो के गरेको भनेर सोध्नुभएको थियो, तर राजेन्द्र महतोजीले यो मेरो व्यक्तिगत स्वतन्त्रताको कुरा हो भन्दै नरमायाको बचाउ गर्नुभयो।”

महतोले ढकाल ठीक मान्छे भएको बताउँदै उनको विषयमा कुरै नगर्न नेताहरुलाई आग्रह गरेका थिए । ढकाललाई सांसद बनाएपछि सामाजिक सञ्जालमात्रै नभएर त्यतिवेला पनि राजपामा खैलाबैला मच्चिएको थियो ।

ढकाल खसआर्य सूचीबाट सांसद बन्न सफल भएकी थिईन् । राजपाको नेतृत्वले समेत उनलाई सांसद बनाउन नचाहेको खबरहरु बाहिरिएका थिए । तर, यी सबैका बावजुद ढकाललाई नेता महतोकै “हेभ्भी प्रेसर” ले सांसद बनाईएको पार्टी पंक्तिका शीर्ष नेताहरुले बताउँदै आएका छन् ।राजेन्द्र महतोले केही दिन पहिले पार्टी कार्यालयमै आफ्नी प्रेमिका साम्सद नरमाया ढकाललाई अंगालो मारे पछी उनको चर्चा थप चुलिएको हो।

गैरसरकारी संस्थामा आबद्ध नरमाया काठमाडौंमा बसेर सदभावनाको पार्टी राजनीतिमा सक्रिय रहेको उनीहरुको भनाई रहेको छ । ढकालले नागरिकता स्याङ्जाबाट लिएकी हुन् । उनको विवाह चितवनमा भएको छ । अहिले काठमाडौँको बत्तिसपुलतीमा उनको स्थायी बसोबास छ ।


प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा

बडादशैं सुरु, घटस्थापनाको साइत आज ९:१६ बजे

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय