सुध्रिएको भनिएका पारसको उदण्डताको यसरी पोखियो पारो,पुलिसलाई थर्काएर भने- तैले मलाई चिन्नैपर्छ



हाम्रो इकोनोमि

अनियन्त्रित पारामा आफ्नो सवारी हाँकेर अघि बढ्ने पूर्वयुवराज पारस शाह थापाथली प्रहरीको फन्दामा परेका छन् । जावलाखेलदेखि नै ट्राफिकको आदेश तोड्दै अघि बढेका पारसलाई जावलाखेल,पुल्चोक र कुपन्डोल प्रहरीको खबरपछि नियन्त्रणमा लिएको हो ।

पारसले तीव्र गतिमा चलाएको बा।१४ प २१३१ नम्बरको गाडी प्रहरीले समातेको हो । जावलाखेलदेखि हुँइकिएका उनलाई जावलाखेल प्रहरीले सोमबार थापाथलीमा नियन्त्रणमा लिएको नयाँ पत्रिकामा खबर छ । ट्राफिकले कागजपत्र नियन्त्रणमा लिएको र माग्दा नदिएको समाचारमा उल्लेख छ ।

प्रहरीले लाइसेन्स नदिएपछि पारसले आक्रोसित हुँदै ‘तैंले मलाई चिन्नुपर्छ’ भनेको तर ट्राफिक प्रहरीले नदिएको नयाँ पत्रिकाले लेखेको छ । ट्राफिक र ब्लुबुक ट्राफिकलाई छाडेर हिँडेको केही समयपछि उनका अंगरक्षक थापाथली ट्राफिक प्रहरी कार्यालय पुगेका थिए । पारसले ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले पाँच सय जरिवाना गरेको रसित काटेको थियो । रसिदमा चालक र धनीको नाम पारस वि वि शाह उल्लेख छ । अंगरक्षकले बैंकमा पाँच सय जरिवाना तिरेर पारसको ब्लुबुक तथा लाइसेन्स लगेका थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...