३ अर्ब ठगीका यी नामुद ठग जसलाई अदालतले छोडे लगत्तै प्रहरी यसरी जाक्यो कस्टडीमा



हाम्रो इकोनोमि

 मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठसँग १० लाख रुपैयाँ धरौटी मागेको छ।   जिल्ला न्यायाधीश अम्बर बस्नेतको इजलासले उनलाई धरौटी मागेको हो।

उनले काठमाडौं जिल्ला अदालतमा १० धरौटी तिरेका छन्। श्रेष्ठविरुद्ध ललितपुर जिल्ला अदालतमा पनि मुद्दा रहेकाले छुटेपछि उनलाई ललितपुर प्रहरीको जिम्मा लगाइएको छ।  सरकारी वकिलको कार्यालय काठमाडौंले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगो दाबी गरी मुद्दा दायर गरेको थियो। प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भिएलएन र जिएसजी कम्पनीमा छापा मारेको थियो।

मलेसिया जाने युवाहरूसँग सरकारले तोकेकोभन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा भिएलएनका अध्यक्ष श्रेष्ठसहित ४० जना पक्राउ परेका थिए।पक्राउ परेका धेरै जसो व्यवसायीहरु धरौटीमा छुटिसकेका छन्।  

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...