३ अर्ब ठगीका यी नामुद ठग जसलाई अदालतले छोडे लगत्तै प्रहरी यसरी जाक्यो कस्टडीमा



हाम्रो इकोनोमि

 मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठसँग १० लाख रुपैयाँ धरौटी मागेको छ।   जिल्ला न्यायाधीश अम्बर बस्नेतको इजलासले उनलाई धरौटी मागेको हो।

उनले काठमाडौं जिल्ला अदालतमा १० धरौटी तिरेका छन्। श्रेष्ठविरुद्ध ललितपुर जिल्ला अदालतमा पनि मुद्दा रहेकाले छुटेपछि उनलाई ललितपुर प्रहरीको जिम्मा लगाइएको छ।  सरकारी वकिलको कार्यालय काठमाडौंले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगो दाबी गरी मुद्दा दायर गरेको थियो। प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भिएलएन र जिएसजी कम्पनीमा छापा मारेको थियो।

मलेसिया जाने युवाहरूसँग सरकारले तोकेकोभन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा भिएलएनका अध्यक्ष श्रेष्ठसहित ४० जना पक्राउ परेका थिए।पक्राउ परेका धेरै जसो व्यवसायीहरु धरौटीमा छुटिसकेका छन्।  

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...