देउवा पक्ष र पौडेल पक्ष बीच लफडा चर्कीए पछी ट्रेड युनियन कांग्रेसको बन्द सत्र सर्‍यो



हाम्रो इकोनोमि

ट्रेड युनियन कांग्रेसको छैठौं राष्ट्रिय महाधिवेशन लम्बिने देखिएको छ । समयमा महाधिवेशन प्रतिनिधिको टुंगो लाग्न नसकेपछि बन्द सत्र नै सरेको छ ।

वुधबारबाट सुरु हुने भनिएको बन्द सत्र महाधिवेशन प्रतिनिधिको टुंगो नलागेका कारण विहिबार विहानका लागि सरेको महासचिव महेन्द्र प्रसाद यादवले बताए ।

बन्द सत्रका कारण महाधिवेशनका लागि तोकिएको २९, ३० र ३१ को समय तालिका प्रभावित हुने भएको छ ।

काठमाडौंमा जारी महाधिवेशनले ट्रेड युनियन काँग्रेसको नयाँ कार्यदिशा तय गर्ने छ भने, नयाँ नेतृत्व चयन गर्ने छ । देउवा पक्ष र पौडेल पक्ष बीच लफडा हुदा बन्द सत्र प्रभावित भएको हो ।देउवा पक्षबाट खिलानाथ दाहाल र पौडेल पक्ष बाट पुस्कर आचार्य सभापतिका उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...