उद्योगी-व्यवसायीलाई गुण्डाहरुको नामावली बुझाउन आग्रह गर्दै गृहमन्त्री बादलले भने-गुण्डा सफाया गर्छु



हाम्रो इकोनोमि

गृहमन्त्री थापाले भ्रष्ट र गुण्डागर्दी गर्नेहरुको नामावलीसहितको सूचना गृह मन्त्रालयमा उपलब्ध गराउन पनि उद्योगी, व्यवसायीहरुलाई आह्वान गरेका छन्। गुण्डाले आतंक सिर्जना गरेको र ब्यबसायी संग चन्दा मागेर हैरानी बनाएको भन्दै मन्त्री थापाले गुण्डाको सफाया गर्ने बताएका हुन।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभालाई बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले भ्रष्ट र गुण्डागर्दी समाप्त पार्ने सरकारको अभियानमा साथ दिन आग्रह पनि गरे।

गृहमन्त्री थापाले विकास र समृद्धिको मुख्य बाधकको रुपमा रहेको भ्रष्टाचारलाई अन्त्य गर्न सरकारले शून्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पारे। उनले उद्योगहरुको समृद्धि र विकासका लागि सरकारले सुरक्षाको उचित व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। गृहमन्त्री थापाले असुली धन्दामा प्रहरी समेतको संलग्नता हुने गरेको उल्लेख गर्दै त्यस्ता तत्वलाई पनि निस्तेज पार्ने चेतावनी दिए।

कुशासनलाई सुशासन र भ्रष्टाचारलाई सदाचारमा नबदलेसम्म मुलुक समृद्ध हुनै नसक्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...