सर्बेन्द्र खनालको म्याद एक वर्ष थप्न अहिल्यै देखी यस्तो चलखेल,डिआइजीको संख्या घटाएर यिनलाई रेट्ने



मानौं, हप्ता दिनमा संघीय संसद्ले संसदीय सुनुवाइ समिति गठन गरेन । तर, लामो समयदेखि कामुको भरमा चलिरहेको सर्वोच्च अदालतले संसदीय सुनुवाइको अभावकै बीचमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउने भएको छ ।
दीपकराज जोशीलाई प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्ले न्यायपरिषद्को सिफारिसका आधारमा प्रक्रिया शुरु गर्न लागेको हो ।

यससँगै सर्वोच्च, उच्च र जिल्ला अदालतमा रिक्त रहेको न्यायाधीश नियुक्तिको क्रम अगाडि बढ्ने न्यायपरिषद् स्रोतले जनाएको छ । उच्च र जिल्ला न्यायाधीशका हकमा संसदीय सुनुवाइ आवश्यक नपर्ने तर सर्वोच्चको मामिला नसल्टिएसम्मलाई पर्खिने सहमति भएको स्रोतले जनाएको छ ।

सर्वोच्चमा गोपाल पराजुलीको राजीनामा र देवेन्द्रगोपाल श्रेष्ठको अवकाशसँगै दुई न्यायाधीश खाली छ भने उच्च अदालतमा १२ र जिल्लामा २२ न्यायाधीशको दरबन्दी रिक्त छ ।

उता, नेपाल प्रहरीको एआइजी दरबन्दी लफडामा मन्त्रिपरिषद् परेको छ । गृहले एआइजी दरबन्दी थपका लागि सिफारिस गरेपछि प्रहरीका थुप्रै डिआइजीले एआइजी बन्न खुट्टा उचालिसकेका थिए ।

तर, शुक्रबारको मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई मात्र एआइजी हुने गरी दरबन्दी कटौती गरेपछि गृह थप तनावमा परेको छ । उसले मन्त्रिपरिषद्मा पठाएको प्रस्तावमा एआइजी दरबन्दी घटाए पनि त्यसमुनिका दर्जामा पुरानै दरबन्दी संख्या पठाएको थियो ।

तल्लो पद मिलान नगरी प्रस्ताव पठाइएपछि बैठकले एआइजी दर्जाबारे निर्णय ग¥यो र बाँकी निर्णय आगामी बैठकमा गर्ने सहमतिसाथ बैठक सकिएको थियो । अर्थात्, सरकारले प्रहरीको डिआइजी पदको दरबन्दी पनि कटौती गर्दै छ । अब प्रहरीमा केही दिनभित्र रिटायर्ड हुने डिआइजी घर गएपछि थप डिआइजी तत्कालै बढुवा हुने सम्भावना टरेको छ ।

 

अहिलेकै प्रहरी ऐनअनुसार जेठ ४ गते बढुवा भएका १६ डिआइजीसहित त्यही ब्याचका, ९ महिनाअघि बढुवा भएका डिआइजी पुष्कर कार्की, मनोज नेपाउने, ठूले राई, धीरु बस्नेतहरूको पदावधि ०७६ माघसम्म छ । उत्तम कार्की, छविलाल जोशीहरू केही दिनमा ३० वर्षे लागेर अवकाश हुने तयारीमा छन् ।

त्यो टोलीले अवकाश पाएपछि दरबन्दी रिक्त नहुने गरी सरकारले दरबन्दी कटौती गर्न लागेको छ । पुष्कर, मनोज, ठूले र धीरुमध्येबाट दुई जना एआइजी बन्ने र १८ डिआइजी रहने व्यवस्था हुन लागेको हो । एआइजी बन्नेमा वरिष्ठतम् डिआइजी पुष्कर र ठूलेको सम्भावना बलियो छ ।

प्रहरीमा कायम भएको कुल ३ एआइजी दरबन्दीमध्ये हाल प्रहरी अस्पताल प्रमुखका रूपमा कार्यरत डा. दिनेशचन्द्र पोखरेलको ३० वर्षे सेवाअवधि पुग्न अझै एक वर्ष बाँकी छ । अहिलेका आइजिपी सर्वेन्द्र खनालका ब्याचीमध्ये जेठ २ मा डिआइजी भएका १६ भाइबाहेकका एसएसपीहरू त्यही पदमा कोही सेवाअवधि लागेर, कोही पदावधि लागेर घर जाने अवस्थामा छन् ।

 

जटिलता कस्तो छ भने, डिआइजी पदको दरबन्दी तल–माथि गर्नै नमिल्ने गरी भरिएका कारण अहिलेका आइजी र डिआइजीले अवकाश पाएपछि त्यसपछि हुनुपर्ने आइजिपी नियुक्ति गर्न कानुनी समस्या उत्पन्न हुने भएको छ ।

प्रहरी ऐनमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र नायब महानिरीक्षक (डिआइजी) मध्येबाट एक जनालाई महानिरीक्षक (आइजी) बनाउने उल्लेख छ । विद्यमान प्रहरी सेवा ऐनअनुसार अहिलेका आइजी ३० वर्षे सेवा हद लागेर अवकाश भएकै दिन सबै एआइजी र डिआइजीले पनि अवकाश पाउँछन् ।

तर, त्यतिबेला आइजिपी हुनुपर्ने निरजबहादुर शाही, शैलेश थापा क्षेत्रीहरूको टोली एसएसपी नै रहन्छ । अहिले गृहले मस्यौदा गरिरहेको संघीय प्रहरी सेवा ऐनले यो अव्यवस्था अन्त्य गरेको छ ।

ऐनले सेवा अवधिको व्यवस्थालाई विस्थापित गर्दै ५८ वर्षे उमेरहद र विभिन्न पदको पदावधिमध्ये जुन पहिला आउँछ, त्यसबाट प्रहरीले अवकाश पाउने व्यवस्था गरेको छ । जस्तो कि, एसएसपी भएको ६ वर्ष र उमेर ५८ वर्षमध्ये जुन पहिला आउँछ, त्यसबाट अवकाश पाउने व्यवस्था हुन लागेको जन आस्थाले उल्लेख गरेको छ ।

 

प्रस्तावित पदावधिअनुसार एसपीमा १० वर्ष, एसएसपीमा ६, डिआइजीमा ५, एआइजीमा ४ र आइजीपीमा ३ वर्षे पदावधि छ । पदावधि र ५८ वर्ष उमेरमध्ये जुन पहिला आउँछ, त्यसअनुसार अवकाशको व्यवस्था हुने भएको छ ।

यदि, यस्तो भएमा अहिलेका आइजी सर्वेन्द्र खनालले थप एक वर्ष पदावधिअनुसार जागिर खान्छन् भने उनकै ब्याचका एक जना एआइजीले आइजी हुने मौका पनि पाउनेछन् ।

तर, त्यसपछि संगठन प्रमुख हुनुपर्ने अहिलेका एसएपी र एसपीमध्ये कम्तीमा दुई ब्याच तल्तिरै पदावधि लागेर घर जाने खतरा रहन्छ । त्यस्तै, नयाँ प्रहरी ऐनले प्रदेश प्रहरी प्रमुखलाई आइजिपी (महानिरीक्षक) र संघीय (केन्द्रीय) प्रहरी प्रमुखलाई डिजीपी (महानिर्देशक) को व्यवस्था गर्ने भएको छ ।

उता, हालै प्रकाशित नेपाल प्रहरीको एसपी र डिएसपी बढुवाको सिफारिस उजुरी र गृहका कारण अड्किएको छ । डिएसपी हुनुपर्ने खड्गनारायण शाहले बढुवा समितिमा उजुर हालेका कारण र एसपीको बढुवामा गृहका अधिकारीले भनेजस्तो नभएको नाममा रोकिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय

विहेको उमेरहद १८ वर्ष कायम गर्न संसदीय समितिको सुझाव

     प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी