उपेन्द्र देवकोटा थप सिथिल बने,मुस्किलले मान्छे चिन्छन,बोल्न सक्दैनन्



हाम्रो इकोनोमि

क्यान्सर रोगबाट पीडित बरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देबकोटा अहिलेपनि आफैले बाँसबारीमा स्थापना गरेको न्यूरो अस्पतालमा छन्। अघिल्लो हप्ता उनको मृत्यु भएको अफवाह फैलियो। तर ती अफवाहलाई डा देबकोटाले गलत सावित गरे। हेलिकोप्टरबाटै सही, उनी आफ्नो जन्मस्थान गोरखाको लिगलिग पुगे। त्यहाँ केही समय बिताए। र, काठमाडौं फर्किए।

बेलायतमा लामो उपचार गरेर फर्किए, नेकपा अध्यक्ष (तत्कालिन माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग १९ बैशाखको भेटमा डा देबकोटाले आफू मृत्युशैयामा रहेको बताएका थिए। यस हिसावले उनी यतिबेला मृत्युसँगको कडा संघर्षमा छन्। र, दर्‍हो आत्मविश्वासका कारण मृत्युमाथि विजय हासिल गरिरहेका छन्।

तरपनि डा देबकोटाबारे अफवाह फैलाउनेहरुको कमी भने छैन। अहिले डा देबकोटाको स्वास्थ्य अवस्था कस्तो छ त? हामीले नेकपाका नेतासमेत रहेका डा देबकोटाका दाजु बाचस्पति देबकोटासँग कुरा ग¥यौँ। देबकोटाले भने, घाँटी सुन्निएकाले भाईलाई बोल्न गार्‍हो छ। तर वरिपरिका मानिस मज्जासँग चिन्न सक्ने अवस्थामा छन्।’

डा देबकोटालाई जन्मगाउँ लिगलिग लैजानुभन्दा दुई दिन अघि दाजुभाईबीच अस्पतालकै कक्षमा कुराकानी भएको थियो। त्यो कुराकानीमा डा देबकोटाले सबैतिर एकताको खाँचो रहेको बताउँदै ‘घरपरिवार, राजनीति र समाजलाई तपाईंले समाल्नुस्’ भनेका थिए। नेता देबकोटाले भने, ‘मैले सम्हालेकै छु, चिन्ता नलिनू भनेर भाईलाई ढाडस दिएँ।’

डा देबकोटाको स्वास्थ्यलाभको कामना गर्दै अस्पताल पुग्नेहरु धेरै भएकाले साँझपख आफूलाई भेट्न आएका दाजुलाई नजिकै देखेपछि डा देबकोटाले नजिक आउन भनेका थिए। त्यसपछि दाजुभाईबीच उपरोक्त कुराकानी भएको थियो। ‘त्यसपछि मैले उसको हात समातें र माडिदिएँ’ नेता देबकोटाले भने, ‘त्यसपछि उ विस्तारै निदायो। त्यसको केही समय पछाडि म अस्पतालबाट निस्कें।’

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...