बिद्या सुन्दरले घुस खाने बाटो बन्द गर्ने सचिवको सरुवा गर्न धुलिखेलमा यसरी बोलाए गोप्य भेला



हाम्रो इकोनोमि

विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाको मेयर भएको बर्ष दिन बित्यो । यो बीचमा काठमाडौंबासीलाई उनले देखाएको कुनै पनि सपना पूरा हुन सकेनन् । निर्वाचनको पूर्वसन्ध्यामा सय दिनका सुधारका एक सय एक घोषणा सार्वजानिक गरेका मेयर शाक्य साघुँरो घेरामा खुम्चिएको आरोप समेत लाग्दै आएको छ ।

अहिले काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतका रुपमा यादव कोइराला त्यहाँ पुगेका छन । उनी त्यहाँ पुगेसँगै अनियमियतता गरी राज्यको सम्पत्तिमा तर मार्न पल्किएकाहरुको सातो गएको छ । उनीहरु त्यहाँ सुधार गर्ने खोज्ने प्रशासकीय प्रमुखको बिकल्प खोज्न थालेका छन् । यही विकल्पको रुपमा सोमबार त्यहाँका मेयर विद्यासुन्दर शाक्यदेखि काठमाडौंका वडाका अध्यक्षहरुको गोप्य भेला धुलिखेलमा बसेको छ । उनीहरुले त्यहाँ भेला बसी  मर्यादाक्रममा नेपाल सरकारका सचिवभन्दा आफू माथि हुनुपर्ने कुरा उठाएका छन् ।

यस्तै त्यही भेलामा महानगरका कार्यकारी अधिकृत   यादव कोइरालाले गर्दा महानगरपालिकामा जनप्रतिनिधि ओझेलमा पर्न गएको मनपरी गर्न नपाएकाले उनलाई फिर्ता पठाउनेबारेमा पनि छलफल चलेको थियो ।  महानगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएका सचिव यादवप्रसाद कोइरालाले सुन्धाराको अब्यवस्थित पसल हटाउनेदेखि बर्षौदेखि लुट मच्चाउँदै आएका ज्ञानेन्द्रबहादुर कार्कीहरुको असीमित अधिकार कटौती गरिदिएका थिए । महानगरको नक्सापासमा बसी बीचौलियाको काम गर्ने सरु सोती, काशी कोइरालाहरुको सरुवा गरेर उनले सुधार गर्ने अभियान थालनी गरेपछि बर्षौदेखि भ्रष्टाचार गरी खान पल्किएकाहरु जसरी हुन्छ उनलाई हटाउने उपायको खोजीमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...