नेपालको अलैची सिधै बंगलादेश पुर्याउनु पर्छ भन्दै योगेश भट्टराईले दिए यस्तो उपाय, अबको पाँच बर्षमा देश गरिब मुत्त हुने



आजको बैठकमा सांसद योगेश भट्टराईले अलैची विकास बोर्डको गठन गरि ताप्लेजुङलाई अलैचीको सुपर जोनको रुपमा अगाडि बढाउन सरकारसंग माग गरे ।

नेपालको बैदेशिक व्यापार घाटाको सन्तुलन कायम गराउनका लागि अलैचीको निर्यात बढाउनु महत्वपुर्ण भएको भन्दै उहाँले चीन, भारत तथा खाडी मुलुकमा नेपालको अलैचीको प्रमुख निकासीको प्रबन्ध मिलाउन आग्रह गरे ।

उनले नेपालको अलैची सिधै बंगलादेश पुर्याउनु आवश्यक रहेको भन्दै अलैचीमा भन्सार छुट गराउने व्यवस्था मिलाउन पनि माग गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको क्रममा अलैचीको बजार विस्तारका लागि नीतिगत पहल गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।  चीनलाई अलैचीको बजारको रुपमा विकास गराउनका लागि अलैची कृषकका लागि वित्तिय सहयोग, भण्डारणको व्यवस्था र प्रशोधनको व्यवस्थाका लागि आवश्यक पहल गर्न आग्रह गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानमा उल्लेखित कानुनी व्यवस्थाको पालना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले एकिकृत भई नेपाल कम्युनिष्ट पार्टी बने लगत्तै सभामुख र उपसभामुख चयनको सम्बन्धमा संविधानले गरेको व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न माग गर्दे आएको कांग्रेसले हरेक बैठकमा यो विषय उठाउदै आएको छ ।

बुधबार पनि प्रमुख सचेतक खाँडले संविधानको धारा ९२ को उपधारा १ बमोजिम सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने कानुनी व्यवस्थाको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
राजनीतिक दल सम्बन्धी ऐनमा पनि सभामुख र उपसभामुखले दल परित्याग गरेको नमानिने भनेर लेखिएको उल्लेख गर्दै उनले भने‘ऐन कानुन बमोजिम एउटै दलका सभामुख र उपसभामुख बन्न नपाईने  कानुनी व्यवस्थाको पालना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउछु ।’

सांसद खांडले बोल्दै गर्दा सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै सभामुख र उपसभामुख कुनै पनि दलसंग सम्बद्ध नरहेको दाबी गरे ।
राजनीति दल सम्बन्धी ऐनमा सभामुख र उपसभामुखले दल त्याग गरेको मानिनेछैन भनि उल्लेख छ ।

बैठकमा सांसद योगेश भट्टराईले अलैची विकास बोर्डको गठन गरि ताप्लेजुङलाई अलैचीको सुपर जोनको रुपमा अगाडि बढाउन सरकारसंग माग गरे ।

नेपालको बैदेशिक व्यापार घाटाको सन्तुलन कायम गराउनका लागि अलैचीको निर्यात बढाउनु महत्वपुर्ण भएको भन्दै उहाँले चीन, भारत तथा खाडी मुलुकमा नेपालको अलैचीको प्रमुख निकासीको प्रबन्ध मिलाउन आग्रह गरे ।

उनले नेपालको अलैची सिधै बंगलादेश पुर्याउनु आवश्यक रहेको भन्दै अलैचीमा भन्सार छुट गराउने व्यवस्था मिलाउन पनि माग गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको क्रममा अलैचीको बजार विस्तारका लागि नीतिगत पहल गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।  चीनलाई अलैचीको बजारको रुपमा विकास गराउनका लागि अलैची कृषकका लागि वित्तिय सहयोग, भण्डारणको व्यवस्था र प्रशोधनको व्यवस्थाका लागि आवश्यक पहल गर्न आग्रह गरे ।

बैठकमा सांसद एकवाल मियाँले विरगञ्ज पथलैया सडक खण्ड निर्माणको काम जीतपुर बजारमा पुगेर रोकिएको भन्दै सभामुख मार्फत सरकारको ध्यनाकर्षण गराए ।

सडक विस्तारका क्रममा घरबार विहिन हुन पुगेका जीतपुर बजारबासीलाई मुआब्जा दिई अन्यन्त्र बस्तीविस्तारको व्यवस्था गर्न माग गरे ।

सांसद राजेन्द्र प्रसाद लिङदेनले संयुक्त राष्ट्रसंघ सघ विकास कार्यक्रम (युएनडिपी) संग संसद सचिवालयले गरेको सहयोग अनुदानको सम्झौता बारे सदनलाई जानकारी गराउन माग गरे ।

दात्तृ संस्थाहरुले सहयोगको नाममा आफ्ना चाहानाहरु पुरा गर्नका लागि सांसदहरुलाई प्रयोग गर्ने गरेको भन्दै दातृ निकायको सहयोगको विरोध गर्दे आएका सांसद लिङदेनले संसद सचिवालले २०१८ अप्रिल २३ मा २०२२ डिसेम्बर २२ सम्मका लागि ५९ करोड १५ लाख २ सय ९७ डलरको सहयोग सम्झौताबारे सांसदहरुलाई जानकारी गराउन सभामुखको ध्यानाकर्षण गराए ।

सहयोग सम्झौता सम्बन्धी परियोजना नम्बर (००००४९९०) समेत उल्लेख गर्दे उनले सोही शीर्षकमा सरकारले ३७ लाख रकम विनियोजन गरेकाले दोहोरो रकमको व्यवस्थापना एउटै शिर्षमा किन गरियो भनि प्रश्न गरे ।

‘यही कार्यक्रमका लागि दात्तृ संस्थाको सहयोग लिने हो भने सरकारले यस शिर्षकमा रकम किन राख्यो, यसमा सरकारको स्वीकृति छ कि छैन थाहा पाउन चाहन्छु’ लिङदेनको माग थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्