प्रदेश ३ को स्थायी राजधानी भक्तपुर बन्ने पक्का, कमल थापाले भने हेटैँडा नै हुनुपर्छ



प्रदेश नं ३ को स्थायी राजधानी निर्धारण गर्न गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले प्रदेशको राजधानी सम्भाव्यता अध्ययन गर्ने क्रममा मंगलबार भक्तपुर जिल्लाको स्थलगत अध्ययन गरेको छ ।

 

प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा दर्ता भएका जिल्लाको अध्ययन गर्ने क्रममा समितिका सभापति दीपक निरौलासहितको सदस्य टोलीले भक्तपुरको स्थलगत अध्ययन गरेको हो ।

 

भक्तपुरलाई स्थायी राजधानी निर्धारण गरेमा प्रदेशसभाको बैठक बस्ने स्थानका रुपमा पहिचान गरेको बोडेस्थित कृषि विकास बैंकको तालीम हलमा भएको सुझाव संकलनमा सहभागी जनप्रतिनिधिले भक्तपुरमै स्थायी राजधानी बनाउनुपर्ने तर्क राखेका छन् ।  उता कमल थापाले भने हेटैँडा नै हुनुपर्छ भन्ने गरेका छन ।

 

छलफलमा प्रतिनिधसभा सदस्य महेश बस्नेतले भक्तपुरको मात्रै नभई सिङ्गो ३ नं प्रदेशको हितका लागि भक्तपुर स्थायी राजधानी हुने चर्चा गर्दै केन्द्रीय राजधानीसँग जोडिएको भन्ने तर्कबाहेक भक्तपुर प्रदेश राजधानी हुन नहुने कुनै कारण नभएको बताए ।

 

उनले भक्तपुरलाई प्रदेश राजधानी बनाउने बारेमा प्रदेश सांसदबीच सर्वसम्मत निर्णय हुने विश्वास व्यक्त गर्दै केन्द्रीय राजधानीसँग जोडिएको भए पनि भक्तपुर सबै कारणले पछाडि परेको जिल्ला भएको बताए ।

 

छलफलमा ३ नं प्रदेशका प्रदेशसभा सदस्य शशिजंग थापाले भक्तपुर नै प्रदेश राजधानी हुनुपर्ने १० वटा तर्क राख्दै सानोठिमी स्थित शिक्षा मन्त्रालय मातहतमा रहेका २०० रोपनी जग्गा, प्रशस्त क्वार्टरसहितको भौतिक संरचना रहेको,

विशालसभा हल रहेको, सरकारले बनाएको प्राविधिक टोलीले भक्तपुर उपयुक्त भएको ठहर गरेको, अरनिको राजमार्गसँग जोडिएको क्षेत्र भएको, भौगोलिक सुगमता भएको, भौतिक संरचना निर्माणका लागि अरबौ रकम सरकारको बचत हुने,

केन्द्रीय सरकारसँग तत्कालै पहुँच पुग्ने, स्थायी सरकारी कार्यालयका लागि प्रशस्त जग्गा जमिन भएको तर्क प्रस्तुत गर्दै भक्तपुरको विकल्प नभएको बताए ।

 

नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधित्व गर्ने ३ नं प्रदेशका प्रदेशसभा सदस्य सिर्जना सैजुले भने संसद्भित्रको कुरालाई बाहिर ल्याएर बहस गर्न नहुने तर्क गर्दै भक्तपुर मात्रै नभई काठमाडौँको वरपर नै राख्न नहुने बताइन् ।

 

छलफलमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, मध्यपुरथिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत,

मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, नेकपाका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, नेकपाका नेता देबेन्द्र श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला नेता निशान ढुङ्गेलले सबै दृष्टिकोणबाट भक्तपुर प्रदेश राजधानी उपयुक्त भएको सुझाव राखेका थिए ।

 

भक्तपुर, काभ्रे र नुवाकोटको अध्ययन पूरा गरेको समितिले अब चितवन र मकवानपुरको अध्ययनपश्चात आगामी असार १० गते प्रतिवेदन पेश गर्ने भएको छ ।

 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनबाट टाँसिएको मकवानपुरको हेटौंडामा रहेको प्रदेश ३ को अस्थायी राजधानीलाई नै स्थायी बनाउन जोड दिँदै आएका छन् भने  शेरबहादुर देउवा सरकारको पालामा उपप्रधानमन्त्री रहेका राप्रपाका अध्यक्ष कमल थापाले आफ्नो गृहजिल्लामा अस्थायी राजधानी राख्न जोड दिएसंगै त्यो सम्भव भएको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्