कांग्रेसमा कोइराला परिवारमै चर्को कलह,पार्टी हत्याउने नाममा सशांक र शेखरबीच पानी बाराबार



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला कोइराला दाजुभाई सशांक र शेखरबीच परिवारको उत्तराधिकारी को बन्ने भन्ने विषयमा होडबाजी नै चलेको छ ।

स्रोतका अनुसार अहिले यही विषयलाई लिएर दुई दाजुभाईबीच बोलचाल नै बन्द भएको छ । पार्टीका महामन्त्री समेत रहेका सशांक पछिल्लो समय सभापति शेरबहादुर देउवासँग अघोषित गठबन्धन गरेर आगामी महाधिवेशनमा सभापति बन्ने भित्री खेलमा लागेका छन् । यो कुराको सुईंको पाएपछि उनकै दाजु शेखर सशांकसँग रुष्ट बनेका छन् ।

उनीहरुबीच अहिले फोनमा समेत कुराकानी हुन छोडेको छ । स्रोतले भन्यो,‘महामन्त्रीज्यू अब सभापतिकै समर्थनमा सभापति बन्ने भित्री तयारीमा जुट्नु भएको छ, उहाँले देउवाजीसँग निरन्तर उठबस चलाउनुभएको छ, फरक समूहबाट महामन्त्रीमा निर्वाचित भएपनि अहिले सशांक देउवातिर गएपछि शेखर रुष्ट छन्, उहाँहरुको विवाद अहिले उत्कर्षमा पुगेको छ।’

१३ औ महाधिवेशनमा शेखरले महामन्त्री बन्न सशांकलाई भरमग्दुर सहयोग नै गरेका थिए । तर सशांक अहिले कोइराला परिवारमा पनि कसैसँग सल्लाह नै नगरी एकाएक देउवासँग भित्री गठबन्धन बनाउन उद्धत देखिए ।

यता आगामी महाधिवेशनमा पार्टीको सभापतिमा सशांक वा जो उठेपनि आफूले उम्मेद्धवारी दिने शेखरको उद्धघोष छ । उनले भनेका छन्,‘आगामी महाधिवेशनमा म सभापतिमा उम्मेद्धवारी दिन्छु ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...