कांग्रेसमा कोइराला परिवारमै चर्को कलह,पार्टी हत्याउने नाममा सशांक र शेखरबीच पानी बाराबार



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला कोइराला दाजुभाई सशांक र शेखरबीच परिवारको उत्तराधिकारी को बन्ने भन्ने विषयमा होडबाजी नै चलेको छ ।

स्रोतका अनुसार अहिले यही विषयलाई लिएर दुई दाजुभाईबीच बोलचाल नै बन्द भएको छ । पार्टीका महामन्त्री समेत रहेका सशांक पछिल्लो समय सभापति शेरबहादुर देउवासँग अघोषित गठबन्धन गरेर आगामी महाधिवेशनमा सभापति बन्ने भित्री खेलमा लागेका छन् । यो कुराको सुईंको पाएपछि उनकै दाजु शेखर सशांकसँग रुष्ट बनेका छन् ।

उनीहरुबीच अहिले फोनमा समेत कुराकानी हुन छोडेको छ । स्रोतले भन्यो,‘महामन्त्रीज्यू अब सभापतिकै समर्थनमा सभापति बन्ने भित्री तयारीमा जुट्नु भएको छ, उहाँले देउवाजीसँग निरन्तर उठबस चलाउनुभएको छ, फरक समूहबाट महामन्त्रीमा निर्वाचित भएपनि अहिले सशांक देउवातिर गएपछि शेखर रुष्ट छन्, उहाँहरुको विवाद अहिले उत्कर्षमा पुगेको छ।’

१३ औ महाधिवेशनमा शेखरले महामन्त्री बन्न सशांकलाई भरमग्दुर सहयोग नै गरेका थिए । तर सशांक अहिले कोइराला परिवारमा पनि कसैसँग सल्लाह नै नगरी एकाएक देउवासँग भित्री गठबन्धन बनाउन उद्धत देखिए ।

यता आगामी महाधिवेशनमा पार्टीको सभापतिमा सशांक वा जो उठेपनि आफूले उम्मेद्धवारी दिने शेखरको उद्धघोष छ । उनले भनेका छन्,‘आगामी महाधिवेशनमा म सभापतिमा उम्मेद्धवारी दिन्छु ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...