बहर गोरुले छाता देख्दा बुर्कुसी मारे झैँ गर्ने गरी प्रचण्डले कांग्रेसलाई दिए डोज,सभामुख र उपसभामुख फेरिन्नन्



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका सभामूख र उपसभामूख अहिले कुनै पनि पार्टीमा नभएको बताएका छन् । कांग्रेसले एकै पार्टीबाट सभामुख र उपसभामुख भएको भन्दै फेर्नुपर्ने आवाज उठाइरहेको बेला प्रचण्डले कुनै पनि पार्टीमा नरहेकाले फेर्न आवश्यक नरहेको बताए ।

मंगलबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘संविधानमा सभामूख र उपसभामूख एउटै दलको नहुने व्यवस्था छ । जतिबेला सभामूख र उपसभामूखको चुनाव भयो, त्यतिबेला उहाँहरु फरक पार्टीबाट नै त्यहाँ पुग्नुभो । अहिले सभामूख र उपसभामूख पनि कुनै पार्टीमा हुनुहुन्न । उहाँहरु दुवैले पार्टीबाट राजीनामा दिनुभएको छ ।’ उनले पार्टीमा हुँदै नभएको सभामुख तथा उपसभामुख पार्टीकै हो भन्नुनै गलत भएको बताए ।

प्रचण्डले अहिलेको बजेट विकास र सुशासनको दीर्घकालीन महत्वलाई लक्षित गरेर आएको बताए । उनले भने, ‘पहिलापहिला सरकार नौं महिना टिक्छ कि दश महिना भन्ने चिन्ता हुन्थ्यो, त्यसैले सबै सरकारले राज्यको सामथ्र्य नभए पनि लोकप्रिय कार्यक्रम ल्याउँथे, अहिले हामी त्यो बाध्यतामा छैनौं । अहिले अर्थतन्त्र सुदृढ गर्नेतिर सोचेका छौं ।’

कार्यकारी राष्ट्रपति देशका लागि आवश्यक रहे पनि तत्कालको एजेण्डा नभएको प्रचण्डले बताए । ‘कार्यकारी राष्ट्रपतिबारे हाम्रो पुरानो मान्यतामाथि औपचारिक छलफल भएको छैन । तर, तत्कालका लागि विकास, समृद्धि र सुशासन नै हाम्रो एजेण्डा हो, हामी अरु कुरामा अल्झदैनौं ।’ उनले कांग्रेस सरकारमा आउन नहुने र ल्याउने योजना पछि नरहेको भन्दै राजपाले चाहेको खण्डमा भने उसलाई सरकारमा सहभागि गराउन सकिने बताए ।

प्रचण्डले ठेकेदारहरुले गुणस्तरीय काम गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै भने, ‘ठेकेदारहरुले समयमा गुणस्तरीय काम गर्नुपर्छ, यसमा कसैसँग सम्झौता हुँदैन । गल्ती गरेको भए मेरो घरभेटीलाई पनि कार्वाही हुन्छ । राज्यभन्दा माथि कोही पनि छैन ।’

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...