देउवाको धोती खुस्काउने भन्दै यसरी जुर्मुराए कांग्रेसका जिल्ला सभापति,देउवालाई खुम्च्याउने यस्तो बन्यो रणनीति



नेपाली कांग्रेसको जिल्ला सभापति राष्ट्रिय भेलामा पार्टी सभापति शेरबहादुर देउवालाई खुम्च्याउने रणनीति तयार पार्न शीर्ष नेताहरुले लबिङ सुरु गरेका छन्।

असार ५ देखि ७ गतेसम्म मकवानपुरको हेटौंडामा हुन लागेको जिल्ला सभापतिहरूको भेलामा पार्टीको यो अवस्थाको कारक संस्थापनलाई नै बनाउने योजना रहेको छ।

कमजोर चुनावी रणनीतिको विषय उठाएर कांग्रेसको मुख्य नेतृत्वलाई खुम्च्याउने रणनीति युवा नेताहरुले सुरु गरेका छन्। जिल्लाहरुमा पुगेर भेलामा कस्ता खाले एजेण्डाहरु उठाउने भनेर आफुहरुले अनौपचारिक रुपमा जिल्ला सभापतिसँग छलफल गरिरहेको बताउँछन् कांग्रेस युवा नेता प्रदीप पौडेल।

उनले सभापति भेला भन्दा केही समय अगाडि कार्यसमिति बैठकमा आफुहरुले पेश गरेको ५१ पृष्ठको प्रतिवेदको केही अंशसमेत जिल्ला सभापतिहरुलाई दिएर पार्टी नेतृत्वलाई खबरदारी गर्न लगाउने बताए। सोही कारण जिल्ला सभापतिहरुलाई आफ्नो पक्षमा ल्याउन अहिले कांग्रेस नेताहरुको जिल्ला दौड बढेको नेता पौडेलले जानकारी दिए।

त्यस्तै मोरङमा छलफल सकेर काठमाडौं फर्कंदै गरेका कांग्रेसका अर्का नेता मिनेन्द्र रिजालले पनि सभापति भेलाका लगि जिल्ला सभापतिहरुसँग कुराकानी गरिरहेको बताए। उनले भने, ‘विराटनगरको छलफल सक्काएर काठमाडौं फर्किदै छु, यहाँ भेलामा उठ्ने एजेण्डाबारे पनि छलफल भएको थियो।’

वैशाख १६ गते सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी समीक्षालगायत विषयमा छलफल गर्न जिल्ला सभापतिहरूको भेला गर्ने निर्णय गरेको थियो। त्यसपछि पार्टी नेतृत्व गरिरहेका शेरबहादुर देउवा समूह, पार्टी नेतृत्वप्रति असन्तुष्ट रामचन्द्र पौडेल र पार्टीमा युवाको नेतृत्व हुनुपर्छ भनेर आवाज उठाउने गगन थापा समुह गरि तीन समूह सकृय देखिएका छन्।

लामो समयदेखि जिल्ला सभापति तथा महासमित बैठक हुन नसकेको भन्दै पार्टी सभापति देउवालाई पौडेल र थापा समूहले आलोचना गरेपछि उक्त भेला हुने भएको छ। जिल्ला सभापति भेलाको समय तोक्ने वित्तिकै पार्टी नेतृत्वप्रति असन्तुष्ट दुई समूह सभापति देउवालाई खुम्च्याउने रणनीतिमा लागेका छन्।

पौडेल समुहसँग केन्द्रीय समिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य कहीँ पनि बहुमत छैन। तर, निर्वाचनमा बेहोरेको पराजय, कमजोर पार्टी संरचना र नीतिगत विषयलाई उठाउँदै संस्थापन पक्षलाई थप घेराबन्दीमा पार्ने रणनीतिमा लागेको छ। १४औं महाधिवेशनमा आफ्नो पक्षमा माहोल बनाउन संस्थापनका कमजोरीमाथि निरन्तर खेल्ने रणनीतिमा भने थापा समुह छ।

महासमिति बैठकमा थापा समुहले पेश गरेको चुनावी समीक्षा र भावी राजनीतिक कार्यक्रमले राम्रो प्रतिक्रिया प्राप्त गरेपछि पार्टी नेतृत्वको विरोध गर्न थप हौसला पाएका छन्। पार्टीले सशक्त युवा नेतृत्व मागेको बताउँदै सोही अनुरुप जिल्ला सभापति भेलामा आफूहरुले एजेण्डा तय गरेको बताउँछन् थापा पक्षका नेता प्रदीप पौडेल। उनले कांग्रेसलाई परम्परागत ढंगबाट नभएर नयाँ ढंगबाट संचालन गर्न जिल्लामा पनि युवालाई अगाडि ल्याउनुपर्ने भएकाले आफुहरु त्यही अनुसारले अगाडि बढिरहेको बताए।

निर्वाचन केन्द्रित राष्ट्रिय राजनीतिक मुद्दा नहुनु, विपक्षीको चुनावी तालमेलबाट हौसिएको जनमतलाई आकर्षित गर्ने नारा र एजेण्डा नहुनु, कम्युनिष्टहरुको तालमेलपछि लोकतान्त्रिक गठबन्धनको हल्ला गरिनु तर संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी जस्ता दलहरुलाई समेट्न नसक्नु र जनाधार नभएका साना दलसँग निरर्थक तालमेल गर्नु, पार्टीभित्रको गुट अन्त्य नहुनु, नीति अख्तियार नहुनु जस्ता कमरोजोरीलाई औंल्याउदै युवा नेताहरुले देरउवाको विरोध गर्ने तयारी गरेका छन्। मुलुक संघीयतामा गइसक्दा पनि कांग्रेसको संगठन भने पुरानै प्रकृतिको भएकाले नयाँ संरचनाअनुसार पार्टीलाई अघि बढाउनु पर्ने युवा नेताहरुले माग गर्दै आएका छन्।

तर देउवा पक्षका नेताहरु पनि प्रतिरक्षाको तयारीमा छन्। देउवा पक्षका नेता बालकृष्ण खाँडले जिल्ला सभापतिहरुको भेलाले कांग्रेसको अबको बाटो तय गर्ने दाबी गर्छन्। उनका अनुसार कांग्रेसलाई अगाडि बढाउन जिल्ला सभापतिहरुसँग विभिन्न कोणबाट सल्लाह सुझाब लिने रणनीति संस्थापन पक्षको छ।

‘पार्टीलाई अगाडि बढाउन जिल्ला सभापतिका अनुभवलाई हामी विशेष प्रथामिकताका साथ सुन्छौं’ नेता खाँडले भने, ‘उहाँहरुको सुझाब अनुरुप जिल्लास्तरबाट पार्टीलाई अगाडि बढाउने रणनीति तयार पार्छौं।’

समिति र विभाग गठनमा सकस
जिल्ला सभापती राष्ट्रिय भेलाअघि नै विभाग र समिति गठन गर्न सभापति देउवालाई सकस भएको छ। पार्टीभित्र आफ्नो आलोचना भएपछि सभापति देउवा पार्टीको विधानबमोजिम विभाग र समिति बनाउन लागेपनि पुरा गर्न सकेका छैनन्।

१३औं महाधिवेशन भएको दुई वर्षभन्दा बढी समय बितिसक्दासम्म पनि विभाग र समिति गठन हुन नसकेपछि देउवाको आलोचना हुँदै आएको छ। एक महिनाअघि मात्रै पार्टीका पदाधिकारी मनोनीत गरेपछि सभापति देउवाले विभाग र समिति गठनबारेमा छलफल थालेपनि त्यसले पूर्णता पाएको छैन।

असारको पहिलो हप्ता हुने जिल्ला सभापतिको भेलाअघि नै सभापति देउवा केही प्रमुख समिति र विभाग गठनको प्रयासमा छन्। वैशाख १६ मा सकिएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन मस्यौदा समितिसमेत गठन गर्ने निर्णय गरेको थियो।
यसबाहेक कांग्रेसले कोष निर्माण तथा सञ्चालन समिति, अञ्चल समन्वय समिति, प्रदेश समिति र काठमाडौं उपत्यका समन्वय समिति गठन गर्नुपर्नेछ।

कांग्रेसले ३० ओटा विभागसमेत गठन गर्नुपर्ने व्यवस्था छ। जसमा संगठन विभाग, अन्तर्राष्ट्रिय समन्वय विभाग, संसदीय, स्थानीय निकाय, प्रचारप्रसार, महिला, विद्यार्थी, तरुण, पेसागत तथा बुद्धजीवी, संस्कृति, शिक्षा, स्वास्थ्य, गैरसरकारी संस्था एवं समाजिक सेवा, अनुसन्धान तथा अभिलेख, उद्योग व्यापार, यातायात तथा व्यवसाय, कृषि तथा सहकारी, संवैधानिक तथा कानुनी, आदिवासी तथा जनजाति, अनुगमन तथा मूल्यांकन, खेलकुद, प्रकति स्रोत, प्रशासन, श्रमिक, नेपाली जनसम्पर्क समन्वय, वैदैशिक रोजगार समन्वय, भूपू सैनिक दलित र द्वन्द्व व्यस्थापन विभागको व्यवस्था छ।

नेविसंघबाट नेताहरु असन्तुष्ट, दोष सभापतिलाई
कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका पछिल्ला गतिविधिहरुप्रति नेताहरु असन्तुष्ट देखिएका छन्। पार्टी नेतृत्वसँग छलफल नगरिकन आइतबार दिउँसो सरकारी गाडीमा आगजनी गरेपछि नेताहरुको असन्तुष्टी थप बढेको छ।

प्रतिपक्ष दलको विद्यार्थी संगठनको हकमा नेविसंघले जस्तो भूमिका निर्वाह गर्नुपर्ने थियो त्यसरी काम गर्न नसकेको कांग्रेस युवा नेता प्रदीप पौडेलले बताए। नेता पौडेलका अनुसार पछिल्लो पेट्रोलियम पदार्थ मुल्यवृद्धिको हकमा पनि नेविसंघले त्यति महत्वपूर्ण भूमिका खेल्न नसकेको बताए।

‘पछिल्लो सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धि जनजीविकासँग जोडिएकाले नविसंघले पनि त्यसको विरोध गर्नु स्वभाविक हो’ नेता पौडेलले भने, ‘जसरी त्यसको विरोध गर्नुपर्ने थियो त्यसमा नेविसंघ असफल देखिएको छ। त्यसको कारण पार्टीको नेतृत्व पनि हो।’

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा

बडादशैं सुरु, घटस्थापनाको साइत आज ९:१६ बजे

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय