कामचोर ठेकेदारको घरमा बस्दै आएका प्रचण्डले त्यो घरमा बस्दिन भन्दै ठेकेदारलाई ठोक्न दिए यस्तो उर्दी



हाम्रो इकोनोमि

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लापर्वाही गर्ने ठेकेदारहरुलाई कारबाही गर्ने बताएका छन् । आफु बसेको घरका मालिकले दाँया बाँया गरेको भए कारबाही हुने उनले प्रस्ट पारेका छन।
चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्ने बताए । उनले भने, ‘घरबेटी र नघरबेटी भनेर चर्चा गर्न आवश्यक छैन । ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्छ । यदि त्यहाँ लापर्वाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ भन्नेमा कसैको विमति छैन ।’

उनले अघि भने, ‘म जसको घरमा बसेको छ, त्यो घरको मान्छेले पनि गल्ती गर्‍यो भने कारबाही हुन्छ । गल्ती गरेको छैन भने प्रोत्साहित हुन्छ ।’ यदी गल्ती गरेको छ भने कारबाही गर्नु भनेर मैले गृह मंत्रीलाई भनिसकेको छु केही कैफियत भएमा म बस्दै आएको घर छोड्छु तर कारबाही चाही भएरै छोड्छ।

ठेकेदारमाथिको कारबाहीबारे आफूले गृहमन्त्रीलाई बोलाएर कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे ।

प्रचण्ड ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले विभिन्न सडकको ठेक्का लिएर समयमा काम सम्पन्न गरेको छैन । र उनी कारबाहीमा पर्ने निश्चित छ।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...