ट्रम्प र किम बिच वार्ता सम्पन्न, पहिलो पटक भेट्दा किम ट्रम्प नर्भस, ५० मिनेट छलफल



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ ।

दुबैले एक अर्कासँग हात मिलाएर भेटवार्ता सुरु गरेका थिए । भेटवार्तामा जनुअघि होटलको लाइब्रेरीमा दुबै नेताले छोटो पत्रकार सम्मेलन राखे ।

उक्त बैठक लगभग ५० मिनेटसम्म चलेको थियो ।

अहिले किम र ट्रम्प आफूसँगै आएका वरिष्ठ सल्लाहकार र सहयोगीसँग बैठक गरिरहेका छन् ।

एनपीआर न्यूजका लागि ह्वाइट हाउस संवाददाताले ट्रम्पलाई बैठक कस्तो चलिरहेको छ भनी प्रश्न सोध्दा ‘अत्यधिक अत्यधिक सफल । उत्कृष्ट सम्बन्ध’ भनी जवाफ दिएको बताए ।

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन पहिलो पटक भे्टदा दुवैमा ऐतिहासिक भेटवार्ता गर्दैछौं भन्ने भाव थियो । तर, उनीहरुको बडी ल्याङ्ग्वेज (हाउभाउ)ले दुवै नर्भस रहेको देखाएको एक बडी ल्याङ्ग्वेज विशेषज्ञले बताएका छन् ।

ट्रम्प र किमबीच सिंगापुरको सान्टोसा द्वीपमा अवस्थित एक पाँच तारे होटल क्याम्पेलामा भेटवार्ता भएको हो ।

भेटको सुुरुमा दुई नेताले हात मिलाए । ट्रम्पले उत्तर कोरियाली नेता किमको पाखुरामा हात राखे ।

झण्डै ६० सेकेण्ड हात मिलाउँदा किमले तीन पटक ट्रम्पको अनुहारमा हेरेका थिए । किमलाई भेट्नुअघि ट्रम्पले वार्ताप्रति उत्तर कोरियाली नेता कति वार्तामा गम्भीर छन् भन्ने कुरा आफूले एक मिनेटमा नै पत्ता लगाउने बताएका थिए ।

त्यसैले पनि होला, सुरुवाति भेटमा दुवै नेतामा ‘ऐतिहासिक वार्ता हुँदैछ’ भन्ने भाव देखिएको इन्फ्युएन्स सोलुसनका प्रवन्धक करिन लियोङले बताइन् ।

हात मिलाउँदा उनीहरुमा जोशको भाव देखिएन । ट्रम्पले कुनै पनि राष्ट्राध्यक्ष वा अधिकारीहरुलाई भेट्दा धेरै बेरसम्म हात मिलाउँछन् । समातेको हात जोडले हल्लाउँछन् । किमसँग पनि उनले त्यसै गरे ।

हालै जापानका प्रधानमन्त्री शिन्जो आबेसँग ट्रम्पले करिब १९ सेकेन्डसम्म हात मिलाएका थिए ।

सेन्टोसा द्वीपमा अवस्थित होटल क्याम्पेलामा करिब ५० मिनेट भेटवार्ता भएको सीएनएनले लेखेको छ ।

भेटवार्तापछि ट्रम्पले छलफल निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘हामी दुईबीच राम्रो सम्वन्ध छ । म र किम मिलेर ठूला समस्याको समाधान निकाल्ने छौं ।

हामी मिलेर काम गर्ने छौं । हामीले हरतरहले उत्तर कोरियाको ध्यान राख्नेछौं । म यो वार्ताबाट निकै आश्वस्त छु । हामीलाई सफलता मिल्ने छ र हाम्रो सम्बन्ध पनि शानदार रहने छ ।’

अन्तर्राष्ट्रिय समाचार ऐजेन्सीका अनुसार किम र ट्रम्पबीच बन्द कोठाभित्र करिब ५० मिनेट वार्ता भएको छ । वार्तामा दुवै पक्षबाट दोभाषेको व्यवस्था गरिएको थियो ।

वार्तामा अमेरिकाको तर्फबाट विदेश मन्त्री माइक पोम्पियो र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन पनि थिए । तर, उत्तर कोरियाको तर्फबाट वार्तामा अरु कोको थिए भन्ने खुलेको छैन ।

वार्ता सुरु हुनुअघि दुवैले हात मिलाएर एकअर्कालाई स्वागत गरेका थिए । त्यसलगत्तै पत्रकारहरुलाई प्रतिक्रिया दिँदै किमले भनेका थिए, ‘यहाँसम्म आउन सहज थिएन । हाम्रा पुराना मान्यताहरुले रोकेका थिए तर हामीले त्यसलाई तोड्यौं र आज हामी यहाँ छौं ।’

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्