जेलमा कोचिएका रेशम चौधरीलाई सांसदको सपथ खुवाउन ओली सरकार राजी,राजपाले सत्तामा गएर यसरी मार्दैछ बाजी



राजपाका एक महासचिवले प्रदेश-२ को सरकारबाट समेत हात झिक्ने बताएको हप्ता दिन नबित्दै सो पार्टीका अर्का महासचिवले आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने दावी गरेका छन्।

राजपा महासचिव केशव झाले आफ्नो राजपा एक हप्ताभित्रै केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने दावी गरेका हुन्। अर्का महासचिव मनिषकुमार सुमनले गतहप्ता ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने दावी गरेका थिए।

महासचिव झाले चाहिँ राजपा सरकारमा सहभागी हुनेबारे सत्तापक्षसँग सम्वाद जारी रहेको बताए। ‘सरकारमा जाने बारे औपचारिक तथा अनौपचारिक रुपमा छलफल भैरहेको छ’ झाले भने, ‘औपचारिक सहमति भैसकेको भने छैन।’

सरकारले संविधान संशोधनमा प्रतिबद्धता जनाईसकेकोले सांसद रेशमलाल चौधरीको सपथग्रहणको वातावरण बन्नेबित्तिकै राजपा सरकारमा सहभागी हुने दावी गरे। भने, ‘आगामी यसै हप्ता राजपा सांसद चौधरीको सपथग्रहण भए १–२ दिनभित्रै राजपा सरकारमा जान्छ।’

राजपाले संविधान संशोधनमा ‘टायम फ्रेम’ खोजेको बताएका झाले संविधान बनेको तीन वर्षभित्र अर्थात् ३ असोज २०७५ सम्म सबै कानून निर्माण भइसक्नुपर्नेमा जोड दिए। झाले भने, ‘३ असोजअघि नै संविधान संशोधन होस् भन्ने हाम्रो चाहना हो, हामी सकारात्मक छौं।’

झाले राजपाका कारण प्रदेश-२ को सरकार नढल्ने जिकिर समेत गरे। ‘प्रदेश-२ मा राजपा र फोरमलाई नै सरकार बनाउन जनताले मत दिएका हुन्, हामी जनमतको कदर गर्छौं, त्यसबाट दायाँबायाँ हुँदैनौं’ झाले भने, ‘हाम्रो कारणले सरकार ढल्दैन।’

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्