प्रचण्ड संग लम्पसार परेर गुहार मागे पछी टेलिकमकी कामिनीलाई ओली सरकारले दियो अभयदान,यसरी भयो थमौती



नेपाल टेलिकमलाई डुबाएर एनसेल पोस्ने खेलमा लागेको आरोप लगाँउदै हटाउन खोजिएको टेलिकमको प्रवन्ध निर्देशक कामिनीराज भण्डारीको पद तत्कालको लागि जोगिएको छ । कामिनी राज भण्डारीको कार्यसम्पादन क्षमता कमजोर भएको र टेलिकमको अपेक्षित सुधार नभएको निष्कर्ष निकाल्दै सूचना तथा सञ्चार मन्त्री गोकुल बाष्कोटाले उनलाई यस अगाडि नै सात दिने स्पष्टीकरण सोधेका थिए ।
आफ्नो पद गुम्ने पक्का जस्तै देखिए पछाडि कामिनी पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेर हार गुहार गरेकी थिईन । कामिनीलाई प्रचण्डकै जोडबलमा नेपाल टेलिकमको प्रवन्ध निर्देशक बनाइएको थियो । सञ्चारमन्त्री गोकुल बाष्कोटाले उनलाई हटाउने तयारी चालिरहँदा प्रचण्डलाई गुहारे पछि तत्कालका लागि नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीराज भण्डारीको पद थमौती भएको छ । आइतबारको बसेको मन्त्रिपरिषदको बैठकले राजभण्डारीलाई शर्तसहित पद थमौती गरेको हो । यो सँगै उनले टेलिकममा निरन्तरता पाउने भएकी छिन।

उनलाई नेपाल टेलिकम सञ्चालक समितीको बैठकले राजभण्डारीको कार्यसम्पादन क्षमता कमजोर भएकाले टेलिकमले अपेक्षित प्रगति गर्न नसकेको निष्कर्ष निकाल्दै हटाउने गरी स्पष्टीकरण सोधिएको थियो ।

कामिनीले दिएको स्पष्टिकरण मन्त्रिपरिषदमा पुगेपछि बैठकले राजभण्डारीलाई सचेत मात्र गराउने निर्णय गरेको हो । स्रोतका अनुसार उनलाई टेलिकमको सेवा विस्तार तथा गुणस्तर बृद्धिका लागि केही शर्त राखिएको राखिएको छ ।

यसअघि कार्यक्षमता कामिनीको कमजोर भएको कारण संस्थाको प्रगति हुन नसके, समायानूकुल अगाडि लैजान कर्मचारीहरुको परिचालन गर्न नसके लगायतको आरोप बोर्ड बैठकले लगाएको थियो ।

यस्तै उनीमाथि एनसेल भन्दा १ बर्षअघि फोरजीको अनुमति पाए पनि अहिलेसम्म काठमाडौं र पोखराबाहेक अन्यत्र सेवा विस्तार गर्न नसकेको आरोप पनि छ । एक बर्षपछि फोरजीको अनुमति पाएको एनसेलले २१ जिल्लामा फोरजी सेवा विस्तार गरिसकेको छ भने २९ जिल्लामा छिट्टै फोरजी सेवा पु¥याउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्