काठमाडाैं ल्याएर जेल भित्रको अर्को जेल सुन्धाराको गोलघरमा सुन तस्कर गोरेलाई यसरी जाकियो



हाम्रो इकोनोमि

तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुडामणि उप्रेतीलाई केन्द्रीय कारागार सुन्धाराको भित्री भागमा रहेको गोलघर चलान गरिएकाे छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रले थप अनुसन्धानका लागि सोमबार काठमाडौं ल्याइएका गोरेको सुरक्षालाई ध्यानमा राख्दै गोलघर चलान गरिएकाे हाे।

मोरङ जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि मोरङ जिल्ला कारागारमा रहेका उनलाई काठमाडौं ल्याइए लगत्तै गोलघर पठाइएकाे हाे। कारागार स्रोतका अनुसार गृहमन्त्रालयको निर्देशनमा उनको सुरक्षाका लागि गोलघर छानिएकाे हाे।

गोलघरमा रहेको एउटा कोठामा गोरेलाई राखिनेछ। कारागारभित्रको पनि कारगार मानिने गोलघरमा विशेष सुरक्षा र अन्य कैदीबन्दीको सम्पर्कभन्दा बाहिर हुने गर्छ।
‘सोमबार सुनसरी र मोरङबाट ल्याईएका तीनजना बन्दीलाई अलग–अलग स्थानमा राखिएको छ। एकजनालाई विशेष सुरक्षा दिने भन्ने निर्देशन छ,’ कारागार स्रोतले भन्यो।

केन्द्रीय कारागारका सहायक जेलर श्रवणप्रसाद साहले सोमबार गोरेसहित भुजुङ गुरुङ र डाक्टर डेविट भन्ने छिरिङ वाङगेल घले (गुरुङ) लाई ल्याइएको छ। तीनै जनालाई अलग–अलग स्थानमा राखिने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...