ओली सरकारका मन्त्रीले भने-यो सरकारले लोग्ने मान्छेलाई स्वास्नी र स्वास्नी मान्छेलाई लोग्ने बनाई दिन सक्छ



हाम्रो इकोनोमि

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकास निर्माणका कामको जिम्मा लिएका ठेकेदार कम्पनीहरुले सम्झौताअनुसार काम नगरेकाले समस्या भएको बताएका छन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै महासेठले आफू मन्त्री भएपछि त्यस्ता ठेकेदारलाई चेतावनी दिएर तत्काल काम गर्ने वातावरण बनाएको दाबी गरे ।

एउटै ठेकेदारले ५० भन्दा बढि कामको जिम्मा लिएकाले पनि समयमा काम हुन नसकेको भन्दै महासेठले अब सबै समस्या समाधान गरिने बताए ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले यातायात क्षेत्रको सिन्डिकेट हटाउन सहयोग गरेको तर यसअघि २० महिना विभागमा रहँदा सिन्डिकेटबारे कुने चासो नदिएको महासेठले आरोप लगाएका छन् ।

भट्टराईसँग आफ्नो कुनै मनमुटाव नभएको, मन्त्रालयमा विशेष कामका लागि सरुवा गरिएको महासेठको दाबी छ ।

प्रधानमन्त्री केपी ओलीमा धेरै ईच्छाशक्ति रहेकाले पछिल्लो समय विहान सातबजेदेखि रातको १२ बजेसम्म काम गर्ने गरेको मन्त्री महासेठले बताए । “उहाँ शारीरिक रुपमा फिट भए पनि केही वर्ष पहिले उहाँ विरामी हुनुहुन्थ्यो । यो अवस्थामा ओलीले जति काम गर्नुभएको छ, त्यति काम गर्न मैले पनि सकेको छैन । महासेठले भने ।”

ईच्छाशक्ति भयो भने जस्तोसुकै काम पनि गर्न सकिने भन्दै महासेठले अहिलेको सरकार इच्छाशक्तिले भरिएको दाबी गरे ।

“लोग्ने मानिसलाई स्वास्नी मानिस पनि बनाउन सकिन्छ । संसारमा धेरै लोग्ने मानिसहरु स्वास्नी मान्छेको रुप लिएर आएको छ । मोडिकल साइन्सले लोग्ने मान्छेलाई स्वास्नी र स्वास्नीलाई लोग्ने मान्छे बनाएको छ । यसको अर्थमा ईच्छाशक्ति भयो भने जे पनि सम्भव छ ।” महासेठले भने ।

पाँच वर्षभित्रमा बाम गठबन्धनको घोषणापत्रमा उल्लेख गरिएका सबै कुरा कार्यान्वयन गर्ने दाबी महासेठले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...