डीडीसीका उत्पादनहरु गुणस्तरहीन रहेको खबरपछि कृषि मन्त्रीको छापा,यसरी हटने भयो तरकारीको सिण्डिकेट



कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले दुग्ध विकास संस्थान (डीडीसी)को उत्पादन केन्द्रमा छापा मारेका छन् ।

डीडीसीका उत्पादनहरु गुणस्तरहीन रहेको खबर प्रकाशमा आइरहेका बेला मन्त्री खनाल सोमबार यसबारे अनुगमन गर्न बालाजु औद्योगिक क्षेत्रमा रहेको डीडीसीको उत्पादन केन्द्रमा पुगेका हुन् ।

मन्त्रालयका अधिकारी, सञ्चारकर्मीको टोलीसहित मंगलबार बिहान पुगेका मन्त्री खनालले अहिले अनुगमन गरिरहेका छन् ।

यसअघि मन्त्री खनालले कालीमाटी तरकारी बजारको पनि अनुगमन गरेका थिए ।

तरकारी बिक्रेता र किसानको सिधा सम्पर्क गरेर विचौलियाको अन्त्य गर्ने मन्त्री चक्रापाणी खनालको चेतावनी

कालिमाटी तरकारी तथा फलफुल बजारमा बिचौलियाले व्यापारीसग चर्को भाडा असुली रहेको तथ्य खुलेको छ । कृषि मन्त्री चक्रापाणी खनालले आज विहान गरेको अनुगमनको क्रममा सो कुराको रहस्य खुलेको हो ।

बिचौलियाले स्थानीय फलफुल बजारका पदाधिकारीसग मिलेमतो गरी प्रतिमहिना ११ हजार रुपैयामा लिएको सटर व्यापारीलाई दुई देखी तीन लाख रुपैयामा बेच्ने गरेका रहेछन् ।

विहान अनुगमन गरिरहको मन्त्री खनालले त्यही व्यापार गर्ने एक व्यापारीलाई भाडाका विषयमा सोधेपछि मन्त्री आफै ट्वा परे । उनि अनुगमनमा आउने खबर पाएपछि विहानैबाट विचौलिया ब्यापारीलाई धम्क्याउन पुगेका रहेछन् । उनिहरुले वास्तविकता नभनी सम्झौता अनुसार कै दाम भन्न दबाब दिएका रहेछन् ।

मन्त्री पुगेपछि स्थानीय ब्यापार गरिरहेका नवराज मैनालीलाई सोध—‘नवराज जी तपाई मासिक कति भाडा तिर्नुहुन्छ नि यो सटरको ?’ उनि एकछिन अलमलमा परे र जवाफ दिए,‘ मन्त्री ज्यू भनेर के हुन्छ, आज मात्रै होइन, भोलि पनि हामीले व्यापार गर्नुपर्छ ।

उनको त्यस्तो प्रतिक्रिया पछि मन्त्री खनालले भने – भन्नुस न अब त्यस्तो हुँदैन । त्यसपछिमात्रै उनले भाडा महिनामा दुई लाख ५० हजार भएको बताएका थिए ।

व्यापारी नवराजको कुरा सुनेपछि कृषि मन्त्री खनाल चकित भए । व्यापारीको कुरा सुनेपछि मन्त्री खनालले विचौलियाको चंगुलमा फसेको कालिमाटी तरकारी बजारलाई तत्कालै उद्धार गर्ने घोषणा गरेका छन् ।

उनले भने,‘११ हजारको क्यान्टिन, सटर वा पसललाई विचौलियाले तीन लाखसम्म असुलेर बेचेको देखियो, अब यीनका दिन सकिए ।’ एक पटक सटरको टेण्डर लगाएपछि १५ वर्षसम्म नचलाउने प्रक्रियाको अन्त्य हुने भन्दै तरकारीमा देखिएको सिण्डिकेट हटाउने घोषणा गरे ।

उनले तरकारी बिक्रेता र किसानहरुको सिधा सम्पर्क विस्तार गरेर विचौलियाहरुको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले उपत्यकामा तरकारी भित्रिने १० वटै नाकामा परिक्षण उपकरण राखिने र विचौलियाहरुलाई त्यहिँबाट निषेध गर्ने स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्